गृहमन्त्रीको सम्पत्ति : दुई बैंकमा खाता, भक्तपुरमा १ रोपनी जग्गा, श्रीमती निकिता करोडपति | Khabarhub Khabarhub

गृहमन्त्रीको सम्पत्ति : दुई बैंकमा खाता, भक्तपुरमा १ रोपनी जग्गा, श्रीमती निकिता करोडपति


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मंगलबार सार्वजनिक गरिएको विवरणअनुसार लामिछानेले आफ्नो नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैत्रिक सम्पत्तिस्वरुप रहेको उल्लेख गरेका छन् ।

लामिछानेका नाममा उक्त जग्गासँगै २ वटा बैंकका खातामा १ लाख १० हजार रुपैयाँ बचत रहेको देखाएका छन् । तर लामिछानेले भक्तपुरमा रहेको उक्त जग्गाको मूल्य भने खुलाएका छैनन् ।

लामिछानेले आफ्नो नाममा दुई वटा बैंक खाता रहेको खुलाएका छन् । उनले आफ्नो नाममा ग्लोबल आईएमई बैंकको पानीपोखरी शाखामा पारिश्रमिकबाट प्राप्त ५ हजार रुपैयाँ बचत रहेको खुलाएका छन् । त्यस्तै नेपाल बैंक लिमिटेड, नयाँबजार शाखामा १ लाख ५ हजार तलबबाट आएको बाँकी बचत रहेको पनि जनाएका छन्।

अरु सबै निकिताको नाममा

लामिछानेले यीबाहेक अरु सबै चलअचल सम्पत्ति श्रीमती निकिताको नाममा रहेको जनाएका छन् । उनले श्रीमतीलाई व्यवसायीका रुपमा देखाएका छन् । साथै श्रीमती निकिताले आफूसँग बिहे गर्दा ससुरालीबाटै पैत्रिक सम्पत्ति ल्याएको पनि उनले उल्लेख गरेका छन् ।

लामिछानेका अनुसार श्रीमती निकिता पौडेलको नाममा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ५ आना क्षेत्रफलमा ३ करोड ७५ लाखको घर रहेको छ ।

जुन घरको अझै १ करोड ५० लाख रुपैयाँ ऋण चुक्ता हुन बाँकी रहेको लामिछानेले जनाएका छन् । त्यो घर प्राप्तिको श्रोतका रुपमा ससुरीखलकले चलाएको गोपीकृष्ण इन्टरनेशनललाई देखाइएको छ । त्यसैगरि भाडा, नारी टीभी र ब्रान्ड इन्डोर्समेन्टबाट प्राप्त तलब र लाभांश रकमबाट उक्त घर निकिताले किनेको जिकिर लामिछानेको छ ।

लामिछानेका अनुसार गोपीकृष्ण प्रालिको सेयर पनि श्रीमती निकिता पौडेलको नाममा रहेको जनाएका छन् । निकिताको माइतीतर्फ सगोलमा काठमाडौं महानगरपालिका-७ स्थित १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत सेयर पनि रहेको उनले जनाएका छन् ।

उक्त जग्गा पौडेल परिवारले पैतृक व्यापार व्यावसाय (गोपीकृष्ण मुभिज) को आम्दानीबाट कमाएको पनि लामिछानेले उल्लेख गरेका छन् ।

निकिताको चल सम्पत्ति

लामिछानेले निकिताले जोडेको नेक्लेस, सिक्री, लकेट, टप, ब्रासलेट, औंठी र बाला लगायत करिब ८० तोला सुन रहेको पनि उल्लेख गरेका छन् । निकिताले आफूसँग बिहे नगरेकै बेला केही सुन ५/७ वर्षअघि र अरु १०/१२ वर्षअघि जोडेको रविले उल्लेख गरेका छन् ।

त्यस्तै रविले आफ्नो सम्पत्तिका रुपमा चाँदीका भाँडाकुँडा १५ देखि २० केजी रहेको जनाएका छन् । त्यो पनि केही निकिताका आमाबुवाले दिएको र केही किनेको निकिताले किनेको सम्पत्ति भनिएको छ ।

बैंक खाता

निकिता पौडेलको नाममा सिद्धार्थ बैंक चाबहिलको खातामा नारी टीभीबाट प्राप्त पारिश्रमिक बचत ५ हजार बचत ।

निकिता पौडेलको नाममा नेपाल बैंक लिमिटेड चाबहिल शाखाको खातामा नारी टीभी र गोपीकृष्ण इन्टरटेन्मेन्टको ५ लाख बचत ।

निकिता पौडेलको नामामा सनराइज बैंकमा इभेन्ट म्यानेजमेन्टको १५ हजार बचत ।

निकिता पौडेलको नाममा एनआईएमबी बैंकमा २८ हजार नारी टीभी र इभेन्ट म्यानेजमेन्टको बचत ।

निकिता पौडेलकै नाममा प्रभु बैंकमा १० हजार ५११ युट्युबको आम्दानी बचत ।

सेयर बजार

निकिता पौडेलको नाममा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत सेयर रहेको पनि लामिछानेले उल्लेख गरेका छन् ।

उक्त कम्पनीको ८ लाख ७५हजार कित्ता सेयरको मूल्य अहिले ८ करोड ७५ लाख रुपैयाँ बराबर हुने जनाइएको छ । त्यो सेयर पनि निकिताका माइतीतपर्फका पारिवारिक सगोलमा रहेको उल्लेख गरिएको छ ।

ऋण

लामिछानेले श्रीमती निकिता पौडेलको नाममा ४ वर्षपहिले घर कर्जास्वरुप लिएको १ करोड ५० लाख रुपैयाँ अझै तिर्न बाँकी रहेको जनाएका छन् ।

गाडी

लामिछानेले आफ्नो नाममा गाडी नरहेको जनाएका छन्। तर श्रीमती निकिता पौडेलको नाममा टाटा नेक्स ईभी कार रहेको उनले खुलाएका छन् । उक्त कार २०७९ मा ४२ लाख रुपैयाँमा किनेको जनाइएको छ । जससको श्रोत श्रीमती निकिताकै निजी आय र बचत भनिएको छ ।

अरु सम्पत्ति

रविले गोपीकृष्ण इन्टरनेशनल नारी टीभी प्रालि (हाल नारी टेलिभिजन) श्रीमती निकिता पौडेलको नाममा रहेको जनाएका छन् । जसको अहिलेको मूल्य करिब ३ करोड रुपैयाँ भनिएको छ ।

उता गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी चाबहिललाई पनि सम्पत्तिका रुपमा देखाइएको छ । ६ वर्षअघि खुलेको उक्त कम्पनीको हालको मूल्य १ करोड रुपैयाँ भनिएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ४ : २३ बजे

बराहक्षेत्रको बजेट १ अर्बबढी, कृषिलाई पर्यटनसँग जोड्ने योजना

चतरा– सुनसरीको बराहक्षेत्र नगरपालिकाले आव २०८२-८३ का लागि १ अर्ब

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन सुनचाँदी व्यवसायीको माग

काठमाडौं– सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन

उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका

२०३० सम्म ९० प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानी पुर्‍याउँछौँ : खानेपानीमन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म ९० प्रतिशत जनसंख्यामा

कांग्रेसबाट लुम्बिनी सरकारमा सहभागी मन्त्रीहरू कपिलवस्तुमा बहिष्कृत  

काठमाडौं– नेपाली कांग्रेस कपिलवस्तुले पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी