इजरायल–हामास वार्ता पुनः सुरु गर्न संयुक्त राष्ट्र संघका राजदूतको आह्वान « Khabarhub

इजरायल–हामास वार्ता पुनः सुरु गर्न संयुक्त राष्ट्र संघका राजदूतको आह्वान


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुन: वार्ता सुरु गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै  सद्भावका साथ टेबलमा फर्कनु वेन्नेसल्यान्डले संयुक्त राष्ट्र सुरक्षा परिषद्मार्फत आग्रह गरे । 

तुरुन्तै वार्ता पुनःसुरु नभए राफाहका संकटग्रस्त र निरिह नागरिकका लागि, दुई सय २५ दिनभन्दा बढी अकल्पनिय अवस्थाका बन्धक तथा गाजा पट्टी किनारको विस्तारित मानवीय कारबाहीका लागि सबैभन्दा खराबीको डर रहेको उनले बताएका छन् ।  

दुई हप्ताअघि इजिप्ट, कतार र अमेरिकाको समर्थनमा मे–९ मा कायरोमा भएको वार्ता सहमति बिनै समाप्त भएको उनले उल्लेख गरे । 

‘गाजाका सबै बन्धकको सुरक्षित रिहाइ गर्न सम्बन्धित पक्षबीचको वार्ता र नागरिकलाई आवश्यक राहत प्रदान गर्न युद्धबिरामको बिचमा गाजामा अर्को विनाशको सामना गर्नुपरेको उनको भनाइ छ ।  

यसैक्रममा वेन्नेसल्यान्डले मध्यस्थकर्तालाई राष्ट्रसङ्घको पूर्णसमर्थन रहेको बताउँदै इजरायल र हमासबीचको सम्झौता कार्यान्वयन समर्थन गर्ने आफ्नो इच्छालाई दोहोर्‍याए ।  

मे पहिलो हप्तादेखि, राफाह लगायत वरपर इजरायली सैन्य कारबाही र युद्धअभ्यास तीव्र भएपछि रफाहमा सुरक्षा अवस्था  बिग्रँदै गएको वेन्नेसल्यान्डले  उल्लेख गरेका छन् । 

उनले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत  अन्य अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर नागरिकको विनाशकारी परिणामको स्पष्ट संकेतबीचमा राफाह सैन्य कारबाहीमा गम्भीर आपत्ति जनाएका छन् ।  

राफाह र गाजाको जीवन बचाउन तत्काल सम्बोधन गर्नु प्राथमिकता हुनुपर्ने बताउँदै उनले महासचिवको मानवीय युद्धविरामको आह्वानलाई पुनःताजकी गरे। यसै क्रममा तत्काल खतराले द्वन्द्वको समाधान गरी दीर्घकालीन शान्ति स्थिरताका लागि सम्भाव्यतालाई निम्त्याउने जोखिमको दृष्टि गुमाउनु नहुने उनले बताए। 

गाजामा युद्धविराम असफल भई रफाहमा ठूलो मात्रामा सैन्य कारबाहीले क्षेत्रीय तनाव बढाउने जोखिम बढेकोमा उनले चिन्ता व्यक्त गरे । 

सात महिना  लामो विनाश र दुःखले सत्यलाई बलियो बनाएको  बताउँदै प्यालेस्टिनी र इजरायलीले द्वन्द्व अन्त्य गरी दिगो शान्ति स्थापना गर्न व्यावहारिक राजनीतिक साझेदारी स्थापना गर्न अब पर्खन नसकिने उनले उल्लेख गरे । 

दिनहुँको निष्क्रियताले घातक परिणामको अवस्था आएकोले अब प्यालेस्टिनी, इजरायली सुन्दर भविष्यको जग बसाल्ने समय  आएको उनले बताए । 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ६ : ०९ बजे

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना