खानेपानी मन्त्री राईको सम्पत्ति : १० तोला सुन र १०० तोला चाँदी  « Khabarhub

खानेपानी मन्त्री राईको सम्पत्ति : १० तोला सुन र १०० तोला चाँदी 


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकारलाई बुझाएको सम्पत्ति विवरणअनुसार धनकुटा पाख्रिबासमा उनको अंशबाट प्राप्त ६७ रोपनी भन्दा बढी जग्गा रहेको छ । त्यस्तै राईसँग पैतृक सम्पत्तिबाट प्राप्त १० तोला सुन र १०० तोला चाँदी रहेको छ ।

राईको एभरेष्ट बैंकमा खाता भएपनि पैसा भने नभएको उनले विवरणमा उल्लेख गरेका छन् । उनले विवरणमा आफू ऋणी भएको देखाएका छन् ।

उनले आफूले ०७९ भदौमा रामबहादुर राईबाट २० लाख र राष्ट्रिय वाणिज्य बैंकबाट ३५ लाख ऋण लिएको उल्लेख गरेका छन् ।

सवारी साधनको रुपमा श्रीमती मञ्जुमानवी पौडेलको नामा एउटा स्कुटर र बुहारी युनिता राईको नामा एउटा स्कुटर रहेको मन्त्री राईले उल्लेख गरेका छन् ।

साथै उनले सम्पत्तिको रुपमा ७ वटा गाई र ६३ वटा बाख्रा रहेको समेत विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ४ : ४० बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ