उपप्रधानमन्त्री महासेठको सम्पत्ति : ४३ तोला सुन, दुई वटा घर र २ करोड नगद « Khabarhub

उपप्रधानमन्त्री महासेठको सम्पत्ति : ४३ तोला सुन, दुई वटा घर र २ करोड नगद


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को जेठ ३ गतेको निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

जसअनुसार उपप्रधान तथा भौतिकमन्त्री रघुवीर महासेठसँग जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुई वटा घर रहेको उल्लेख छ । 

जनकपुरमा जुलीकुमारी महतोको नाममा ३ कट्ठाको घर–घडेरी रहेको छ भने ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाममा बनेको घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै धुनषाको घर–घडेरी २०५५ सालमा र ललितपुरमा २०५६ सालमा खरिद गरेको उल्लेख गरिएको छ ।

पत्नी जुलीकुमारीकै नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ७ बिघा ३ कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा, ललितपुर महानगपालिकामा १ रोपनी ७ आना, जनकपुर उपमहानगपालिका ९ नम्बर वडामा ३ कट्ठा ११ धुरजग्गा रहेको खुलाइएको छ। यी सबै जग्गा जमिन २०६५, २०५८, २०५६ र २०५४ सालमा खरिद गरेको उल्लेख गरिएको छ ।

त्यस्तै, रघुवीर महासेठको नाममा जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मा १ बिघा १५ कट्ठा जमिन रहेको खुलाइएको छ । यो जग्गाजमिन खरिद तथा पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरिएको छ ।

त्यसैगरी रघुवीरसँग नगद २ करोड २५ रुपैयाँ नगद मौज्दात रहेको र यो रुपैयाँ काठमाडौं  ललितपुरको साविक सैंबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गाहरूको बिक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ ।

त्यस्तै उनले रघुवीरसँग ४३ तोला सुन रहेको छ भने साढे एक किलो चाँदी रहेको छ । त्यस्तै उनले सात थान औंठी, तीन थान सिक्री, तीन जोडी कानमा लगाउने टप, २ जोर सुनका बाला रहेको उल्लेख छ। यी जवाहरात पैतृक सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको उल्लेख गरिएको छ ।

त्यस्तै पत्नी जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्समा ५ लाख सेयर, महिला लघुवित्त संस्थामा १ करोड रुपैयाँको सेयर, कर्पोरेट बैंक वीरगञ्जको २ करोड ५० लाख रुपैयाँको सेयर रहेको छ । यी सम्पत्ति ऋण, सापटी, पैतृक र कृषिबाट प्राप्त भएको उल्लेख छ । महासेठले आफूसँग कुनै सवारी साधन नरहेको उल्लेख गरेका छन् भने सगोलमा केही पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ५ : ०३ बजे

कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

कुवेत – कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले

विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान

तेहरान – इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी – बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

इन्द्रसरोबरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, १८ घाइते

मकवानपुर – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र

रास्वपा अधिवेशन : काठमाडाैं जिल्ला सभापतिको मतगणना जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका