श्रममन्त्री अर्यालको सम्पत्ति : सहकारीमा २ करोड ऋण, १ करोड ४३ लाख शेयर र पैसा  « Khabarhub

श्रममन्त्री अर्यालको सम्पत्ति : सहकारीमा २ करोड ऋण, १ करोड ४३ लाख शेयर र पैसा 


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालको २ करोड रुपैयाँ सहकारीमा ऋण रहेको र झण्डै डेढ करोड बराबरको शेयर र नगद रहेको छ ।

मंगलबार प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा मन्त्री अर्यालले आफ्नो नाममा १ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर र नगद जम्मा भएको उल्लेख गरेका छन् ।

अर्यालको श्रीमतीको नाममा जनसागर सहकारीमा १५ लाख मौज्दात, आफ्नै नाममा १ करोड १५ लाख रुपैयाँ रहेको देखिएको छ । सुवर्ण भूमि र संयम सहकारीमा अर्यालकी श्रीमतीको नाममा ३ लाख रुपैयाँ शेयर रहेको छ भने आफ्नै नाममा जनसागर सहकारीमा १० लाख रुपैयाँको शेयर रहेको छ ।

अर्यालको श्रीमती केसीको नाममा ग्लोबल आईएमई बैंकमा ५० लाख, मिालयन बैंकमा १३ लाख रुपैयाँ मौज्यात रहेको छ । अर्यालको प्राईम राष्ट्रिय वाणिज्य र मेगा बैंकमा गरेर १८ लाख रुपैयाँ मौज्दात रहेको छ । उक्त रकम सबै व्यापार बाट ल्याएको अर्याले खुलाएका छन् ।

मन्त्री अर्यालको विग इन्भेस्टमेन्ट, पिपुल इन्भेस्मेनट र मेगा बैंकमा ५४ लाख रुपैयाँ बराबरको शेयर रहेको छ । उक्त लगानी सबै व्यापार आम्दानीबाट भएको उनले विवरणमा उल्लेख गरेका छन् ।

मन्त्री अर्यालसँग ५ लाख ४० हजार रुपैयाँ बराबरको १० तोला हिरा, ८२ लाख २० हजार रुपैयाँ बराबरको १५० तोला सुन र ७४ हजार रुपैयाँ बराबरको १०० तोला चाँदी रहेको छ । सो सम्पत्ति पनि व्यापारबाट आर्जन गरेको उनले उल्लेख गरेका छन् ।

अर्यालसँग ८ करोड २८ लाख रुपैयाँ बराबरको जग्गा रहेको र सो जग्गा व्यापार व्यवसायबाट भएको आम्दानीबाट नै गरेको विवरणमा उल्लेख छ ।

सवारी साधनको रूपमा उनीसँग १ करोड २५ लाख रुपैयाँ बराबरको प्राडो कार र  श्रीमतीको नाममा टाटा नेक्सन छ । मन्त्री अर्यालले स्वयम्भु स्टार व्याङकैटमा १ करोड १५ लाख, सुमेरु ट्राभल्स एण्ड टुर्स प्रालिमा ५ लाख, इजी लिङ्ग रेमिटमा १ करोड र एपिए ह्याण्डीक्रयाफ्ट्समा ३ लाख रुपैयाँ बराबरको लगानी गरेको विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ५ : १३ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ