शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड | Khabarhub Khabarhub

शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड रुपैयाँ देखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड रुपैयाँ देखिएको हो ।

सम्पत्ति विवरणमा मन्त्री श्रेष्ठको नाममा रहेको बैंक खातामा १ करोड ५२ लाख र उनका श्रीमान् पावल स्विन्स्कीको नाममा ५ करोड ५७ लाख ८४ हजार ११९ गरी कुल ७ करोड ९८ लाख चार हजार ११९ उल्लेख छ ।

उनले काभ्रेमा ९ लाख ९५ हजारमा ८–६–३० क्षेत्रफलको जग्गा किनेको देखिन्छ । श्रेष्ठले उक्त जग्गा संयुक्त नाममा रहेको र आफ्नो पारिश्रमिकबाट किनेको उल्लेख गरेकी छन् ।

उनले चल सम्पत्तितर्फ ११ तोला सुन रहेको, जसमध्ये २०७५ असार ८ गते विवाह हुँदा १० तोला सर १ तोला आफ्नी हजुरआमाको मृत्युपछि पाएको विवरणमा लेखेकी छन् ।

श्रेष्ठले आफूले १०० तोला चाँदी विवाहमा उपहार पाएको र  हिराको सेट र हिराको टप पनि रहेको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ५ : ३१ बजे

कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.  शेखर कोइराला समूहका नेताहरूको बैठकले

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक