खानेपानी मन्त्रीसँग ७ गाई, ६३ बाख्रा  « Khabarhub

खानेपानी मन्त्रीसँग ७ गाई, ६३ बाख्रा 


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भनिन्छ, नेपाल कृषि प्रधान देश हो । शायद यही भएर होला, प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सम्बन्धी फारमको तेस्रो नम्बर बुँदामा ‘कृषि तथा पशुधन’ सम्बन्धी विवरण भर्नुपर्ने प्रावधान राखिएको छ । 

मंगलबार सार्वजनिक भएको मन्त्रीहरूको सम्पत्ति विवरणमा हामीले कुन मन्त्रीसँग के-के पशुधन रहेछ भनेर हेर्‍यौं । फारममा ‘कृषि तथा पशुधन’ को प्रावधान रहे पनि एकजना बाहेक सबै मन्त्रीसँग एउटा पनि पशुधन नरहेको पाइयो । स्वयं कृषिमन्त्री ज्वालाकुमारी साहसँग पनि पशुधन छैन । 

सबैभन्दा बढी पशुपालन गर्ने मन्त्री रहेछन् खानेपानी मन्त्री राजेन्द्रकुमार राई । धनकुटाबाट निर्वाचित सांसद राईले ७ वटा गाई र ३० वटा बाख्रा पालेका रहेछन् । 

मन्त्री राईको बैंकखातामा एक पैसा नरहे पनि तिर्नुपर्ने ऋणचाहिँ ५५ लाख रुपैयाँ छ । उनले पाख्रिबासका रामकुमार राईलाई २० लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकलाई २५ लाख रुपैयाँ तिर्नुपर्ने सम्पत्ति विवरणमा उल्लेख छ । 

मन्त्रीहरूसँग पशुधन नरहे पनि सुनचाँदी चाहिँ प्राय सबै मन्त्रीसँग पाइएको छ । गृहमन्त्री रवि लामिछानेको परिवारसँग ८० तोला सुन रहेछ भने मन्त्री भगवती चौधरीसँग ८५ तोला सुन रहेको पाइएको छ । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसँग ४३ तोला सुन रहेछ भने शहरी विकासमन्त्री धनबहादुर बूढासँग १५० तोला सुन रहेको पाइएको छ । 

त्यसैगरी विभिन्न बैंक र कम्पनीहरूमा सेयर खरीद गर्ने कार्यमा पनि मन्त्रीहरू अग्रपङ्क्तिमा देखिएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ५ : ५१ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई