कान्तिपुरको कार्यालयमा वरिष्ठ अधिवक्ता शम्भु थापा, सिरोहियालाई धनुषा लगिँदै « Khabarhub

कान्तिपुरको कार्यालयमा वरिष्ठ अधिवक्ता शम्भु थापा, सिरोहियालाई धनुषा लगिँदै


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएसँगै वरिष्ठ अधिवक्ता शम्भु थापा थापाथली पुगेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईसहितको टोलीले सिरोहियालाई पक्राउ पुर्जी बुझाउँदै गर्दा थापा कार्यकक्षमा छिरेका हुन् ।

थापाले सिरोहियालाई अनुसन्धान र थप कारबाहीका लागि धनुषा लगिने भएकाले कानुन व्यवसायीहरू पनि साथमै जाने बताएका छन् ।

थापाले अर्का अधिवक्ता किशोर पौडेल सिरोहियासँगै धनुषा जाने बताएका छन् । सिरोहियालाई कानुनी सल्लाह दिन कानुन व्यवसायीहरू साथमै धनुषा जाने उल्लेख गरेका छन् ।

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।
उनलाई पक्राउका लागि पुगेको टोलीले कार्यकक्षमै छिरेर पुर्जी थमाइसकेको छ । पुर्जी दिइसकेपछि उनलाई कान्तिपुरको कार्यालयबाट निकालेर धनुषातिर लैजाने तयारी गरिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ५ : ५८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको