सुरक्षण मुद्रण प्रकरण : विकलसहित चार जना दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवाना « Khabarhub

सुरक्षण मुद्रण प्रकरण : विकलसहित चार जना दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवाना


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पौडेलसहित चार जनालाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष कैद र २५ करोड ४७ लाख विगो असुल गर्नुपर्ने फैसला सुनाएको हो । अदालतले बिगो बराबर नै जरिवाना हुने फेसला गरेकाे छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी प्रकरणमा अख्तियारले गतवर्ष पौडेलसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको दाबी थियो ।

यो प्रकरणमा दोषी ठहर हुनेहरुमा कानिकलतर्फका तत्कालीन सीडीई नवीनकुमार पोखरेल, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका भुवन महर्जन र इन्जिनियरिङ मार्केटिङ कन्सर्न कम्पनीका प्रबन्ध निर्देशक रोहितमान प्रधान रहेका छ ।

विशेष अदालतले उनीहरुलाई ६ महिना कैद सजायको फैसला गरेको छ । यस प्रकरणमा अन्य पाँच जनाले भने सफाइ पाएका छन्।

सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन मिचेर केही व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी सुरक्षण प्रेसको सफ्टवेयर तथा उपकरण खरिद गरेको निष्कर्षसहित उनीहरूविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेका थियो ।

उक्त प्रकरणमा पौडेलसहितका व्यक्तिहरूको मिलेमतोमा कानुन विपरीत कार्यगरी सरकारको सम्पत्ति हानी–नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ९ : ४४ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ