योग : जानेर गर्दा फाइदै फाइदा, नजानी गर्दा बेफाइदा « Khabarhub

योग : जानेर गर्दा फाइदै फाइदा, नजानी गर्दा बेफाइदा


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व योग दिवस ‘महिला सशक्तिकरणका लागि योग’ नारासहित नेपाल लगायत विश्वभर मनाइँदैछ ।

सन २०१६ मा युनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रूपमा दर्ता गरेको छ । आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणको महत्व दिन्छ ।

आफ्नो नजरमा आफ्नो महत्त्व र उपस्थितिको मूल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिका लागि पनि योग एकमात्र सरल र सहज उपाय भएको जानकारहरू बताउँछन् । गौतम बुद्धदेखि क्राइस्टसम्म, शिवदेखि कृष्णसम्म अनि अरू विभिन्न दर्शन केन्द्रीत महात्माले पनि आफ्नो जीवनकालमा योग अभ्यास गरेका पाइएको छ । योग के हो ? योग कसरी स्वास्थ्यसँग जोडिएको छ ? महिला सशक्तिकरणका लागि योगको भूमिका के छ ? यिनै विषयमा प्राकृतिक चिकित्सक डा. सुनिल पौडेलसँग गरिएको कुराकानी:

योग के हो ?


हामीलाई चाहिएको के हो ? योगलाई त्यस अनुसारले बुझ्नुपर्छ । योग भनेको हाम्रो पूर्वीय दर्शनको महत्वपूर्ण विधा हो । मान्छेको जन्म त्यतिबेला पूर्ण हुन्छ जब उसले भगवत्व प्राप्त गर्छ । त्यसको बाटो हो योग जुन ऋषीमुनिले पत्ता लगाएका हुन् । मानिस मात्रै एउटा यस्तो प्राणी हो जुन कुनै पनि कुरामा सन्तुष्ट हुँदैन । मानिसको त्यो मनलाई सन्तुष्ट पार्ने तत्त्व भनेको योग हो ।

अब यसलाई कसैले स्वास्थ्यमा कसैले ध्यानमा लगेर जोडे, कसैले आशनमा लगेर जोडे त्यो चाहीँ फरक कुरा हो । जबसम्म शरीर स्वास्थ हुँदैन अर्थात अस्वस्थ शरीरले ध्यान साधना गर्न सक्दैन । त्यसैले यसलाई स्वास्थ्यसँग पनि जोडिएको छ ।

योग र स्वास्थ्य
योगमा धेरै शारीरिक व्यायाम छन् जसलाई हामी आसन भन्छौं । पहिले हाम्रो आचरण र विचारहरू सुधार्ने । शरीर र विचारहरूलाई शुद्धिकरण गरिसकेपछि शारीरीक व्यायामहरू गर्ने । योगका बारेमा अहिले त लाखौं रिसर्चहरू भइसकेका छन् । त्यसमा के भनिएको छ योगले मान्छेको ५ वटा तहमा काम गर्न सक्छ ।

शारीरीक तह
यदि कसैको बिपी बढेको या घटेको छ भने त्यसलाई नियन्त्रण गर्ने, सुगर नियन्त्रण गर्ने, मांसपेशीलाई सुदृढ बनाउने, हड्डिहरूलाई बलियो बनाउने, आन्तरिक अङ्गहरूलाई व्यायाम दिन सक्ने लगायत धेरै रोगहरू निको पार्न यसले सहयोग गर्छ ।

मानसिक तह
मानसिक रूपमा पनि यसले धेरै लाभ दिन्छ । जस्तै मनलाई एकाग्रता गर्न, तनाव कम गर्न, शान्त हुन पनि योग अभ्यास गर्न सकिन्छ ।

सामाजिक तह
मनिस एउटा सामाजिक प्राणी भएकाले शारीरिक र मानसिक सँगै सामाजिक रूपमा पनि स्वस्थ हुन आवश्यक छ । जुन योगले गराउँछ । त्यस्तै आध्यात्मिक तह र भावनात्मक तहमा पनि योगले सहयोग पुर्‍याउँछ ।

यी भनेका स्वस्थ व्यक्तिमा हुनुपर्ने गुण हुन् । त्यति मात्रै नभएर कस्तो व्यक्तिले कस्तो खाना खाने भन्ने विज्ञान पनि यससँग जोडिएकाले यसले पुर्ण रूपमा स्वस्थ रहन सहयोग पुर्‍याउँछ ।

योगका आसनहरू
योगका धेरै आसनहरू छन् । जुन बसेर, सुतेर विभिन्न तरिकाले गर्न सकिन्छ । उसो त योगमा २४ कोटी आसन हुन्छन् भनिन्छ । तर ती आसनलाई विभिन्न समूहमा राखेर गर्दा बसेर, सुतेर, घोप्टो सुतेर, टाउको तल खुट्टा माथी राखेर गर्ने आसन छन् । त्यसका साथसाथै एउटा आसन छ जसलाई ध्यान गर्ने आसन भनिन्छ ।

यी हरेक समूहबाट एक जनाले हरेक दिन ५ वटा सम्म गर्न आसन गर्न सक्छन् । जसले शारिरीक तथा मानसिक रूपमा फाइदा पुर्‍याउँछ ।

 

विधिहरू नजानेर गर्दा सस्थ्यमा झन असर
हरेक व्यक्ति कुनै न कुनै रूपमा फरक हुन्छन् । त्यसैले हरेक व्यक्तिको काम, रहन सहन तथा खानपिनको प्रकृतिसँग जोडेर योग गर्नुपर्ने हुन्छ ।

अहिले मकहाँ थुप्रै योग गुरु तथा योग गर्ने बिरामीहरू योग गर्दागर्दै नसा च्यपिएको समस्या लिएर आउँछन् । किनकी उनीहरू दिनभरी बसेर गर्ने खालको काम गर्छन र योग गर्दा पनि एक घण्टा बसेर आशन गर्ने र एक घण्टा प्रणायाम गर्छन्‌ । त्यसो गर्दा यो प्रभावकारी हुँदैन । बढी बसेर नै मेरुदण्डमा नसा च्यापिने समस्या आउँछ ।

कतिपय बिरामीहरू आउँछन् आउँछन् । जो दिनभरी उभिएर गर्ने खालको काम गर्ने र योग गर्दा सूर्य नमस्कार गर्ने गर्दछन् । त्यसैले योग गर्दा जहिले पनि काम गर्ने प्रकृति भन्दा फरक प्रकृतिको हुनुपर्छ । जसले काम गर्दा भएको हानीलाई हाम्रो योग अभ्यासले स्वास्थ्यलाभ दिन्छ ।

त्यसैले जुनखालको काम गरेर हाम्रो स्वास्थ्यलाई हानी भइरहेको छ, त्यस्तो खालको आसन गर्नुहुँदैन । जस्को ज्ञान नहुँदा धेरै योग गर्ने मान्छे मात्रै नभएर योग गुरुहरूलाई समस्या भएको पाइएको छ । त्यसैले धेरै कुरा बुझेर योग चिकित्सक अथवा योगसँग विज्ञ व्यक्तिहरूसँग सल्लाह लिएर मात्रै योग गर्नु राम्रो हुन्छ ।

 

उमेर र काम अनुसार योगका आसन फरक
उमेर भन्दैमा सवैले सवै आसनहरू गर्न मिल्छन् भन्ने छैन । तर बच्चाहरूको लागि छुट्टै किसिमका खेलकुदयुक्त आसन विकास भइसकेका छन् । जुन गर्दा बच्चालाई खुसी प्राप्त हुन्छ ।

त्यस्तै अफिसमा काम गर्ने व्यक्तिहरूले आफ्नो कामको प्रकृति हेरेर आसन गर्नुपर्छ । त्यस्तै ठाउँ र मौसम अनुसार पनि आसन फरक खालका हुने भएकाले त्यसमा पनि ध्यान दिनुपर्छ । त्यसैले फरक उमेर अनुसार फरक खालका योग अभ्यासहरू हुन्छन् ।

महिला सशक्तिकरणका लागि योग
हाम्रो देशको परीवेशमा महिलाहरू चुलोचौकोमै सीमित रहेको उनीहरूको अवस्था देख्दाखेरी योग सिकिसकेपछि उनीहरूले योग अरूतिर सिकाउन सक्छन् ।

योग भनेको आफैँमा अभ्यास मात्रै नभएर जीवनशैली पनि हो । जीवनशैली मान्छेले सिकेपछि त सशक्तिकरण भयो । त्यो स्वास्थ्यको रूपमा होस्‌ वा महिलाको प्रतिभा प्रस्फुटनका लागि होस् । त्यसैले यसको ठूलो रोल छ । नेपाली महिलाहरू त्यत्तिकै पनि धेरै रोगी छन् । उनीहरूले योगाभ्यास गरेको त्यति देखिएको छैन ।

जस्तै ४०-५० वर्ष कटेपछि धेरै कमै महिलाहरूले व्यायाम गर्छन् । त्यसैले महिलाले घरमै योगाभ्यास गरे र उनीहरूको अनुसरण गर्दै बच्चाहरूले पनि गर्न थाले भने त परिवारकै उन्नति भएको मानिन्छ । त्यसैले महिलाको विकासमा यसले एकदमै राम्रो भूमिका खेल्न सक्छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : २६ बजे

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा