लुका जोभिकको गोलमा स्लोभेनियासँग हारबाट जोगियो सर्बिया | Khabarhub Khabarhub

 लुका जोभिकको गोलमा स्लोभेनियासँग हारबाट जोगियो सर्बिया


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्बिया स्लोभेनियासँग हारबाट बचेको छ । जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा स्लोभेनियालाई सर्बियाले १-१ गोलको बराबरीमा रोकेको हो ।

स्लोभेनियाको जितमा खेलको ६९औं मिनेटमा जान कारनिकनिकले गरेको गोलबाट सुरुवाती अग्रता हासिल गरेको थियो । तर सर्बियाका लागि लुका जोभिकले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरेका थिए र सर्बियालाई हारबाट बचाएका थिए ।

पहिलो खेलमा डेनमार्कसँग बराबरी खेलेको स्लोभेनिया यो खेलमा पनि बराबरीमा रोकिएपछि २ खेलमा २ अंक हासिल गरेको छ । त्यस्तै सर्बियाले भने दोस्रो खेलमा एक अंक हासिल गरको छ ।

अब समुह चरणको अन्तिम खेलमा स्लोभेनियाले जुन २६ मा इङ्ल्याण्डको सामना गर्ने छ भने सर्बियाले सोहि दिन डेनमार्कविरुद्ध खेल्ने छ ।

   

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : ३६ बजे

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै