योग दिवस मूल समारोह समितिद्वारा विशेष कार्यक्रम आयोजना « Khabarhub

योग दिवस मूल समारोह समितिद्वारा विशेष कार्यक्रम आयोजना


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारद्वारा दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित मूल समारोह समितिले भक्तपुरको एसओएस बालग्राममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गरेको छ । 

प्रधानमन्त्री दाहालले सम्बोधन गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले योग जीवनमा अपरिहार्यता रहेको चर्चा गरे। उनले स्वस्थ जीवनका लागि सबैले योगाभ्यासलाई अपनाउनुपर्ने बताए।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्लेले योग दिवसको महत्व र सरकारले मनाउँदै आएको विश्व योग दिवसका बारेमा जानकारी गराए । उनले राष्ट्रपति रामचन्द्र पौडेलले पठाउनुभएको शुभकामना सन्देश वाचन गरे ।

सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी कार्यक्रममा ओमकार योग आयुर्वेद गुरुकुलबाट स्वस्तिक वाचनका साथै योग प्रोटोकलको आधारमा ओगाभ्यास गरिएको थियो । मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस नेपालले हरेक वर्ष मनाउँदै आएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ११ : ३८ बजे

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स