रास्वपा स्थापना दिवस : सदन र सरकारबारे छलफल  « Khabarhub

रास्वपा स्थापना दिवस : सदन र सरकारबारे छलफल 


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको दुई वर्ष पुरा भएको छ । रास्वपाले पार्टी स्थापना भएको दिनको सम्झनामा सदन, सरकारको संक्षिप्‍त छलफल गरेको छ । 

पार्टी सहप्रवक्ता कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टी स्थापना दिवसको अवसरका केन्द्रीय कमिटीले शुभकामना आदानप्रदान समेत गरेको छ । 

अहिले पार्टी केन्द्रीय समितिको बैठक बसेर आगामी कार्यक्रमको बारे पनि छलफल भइरहेको उनको भनाइ छ । 

जेठ २५ गते शुक्रबार पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको सचिवालयको बैठकको निर्णयअनुसार आज रास्वपाले स्थापना दिवस पारेर पार्टी स्थापना पछिका गतिविधिको बारेमा छलफल गरेको हो । 

बैठक पछि पश्चात् रास्वपाले दिनको १ बजेबाट स्थापना दिवसको चियापान कार्यक्रम सुरु गर्ने छ । सो कार्यक्रममा विभिन्न दलका नेताहरूलाई समेत निम्तो दिएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १२ : ४८ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले