रास्वपा स्थापना दिवस : सदन र सरकारबारे छलफल  « Khabarhub

रास्वपा स्थापना दिवस : सदन र सरकारबारे छलफल 


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको दुई वर्ष पुरा भएको छ । रास्वपाले पार्टी स्थापना भएको दिनको सम्झनामा सदन, सरकारको संक्षिप्‍त छलफल गरेको छ । 

पार्टी सहप्रवक्ता कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टी स्थापना दिवसको अवसरका केन्द्रीय कमिटीले शुभकामना आदानप्रदान समेत गरेको छ । 

अहिले पार्टी केन्द्रीय समितिको बैठक बसेर आगामी कार्यक्रमको बारे पनि छलफल भइरहेको उनको भनाइ छ । 

जेठ २५ गते शुक्रबार पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको सचिवालयको बैठकको निर्णयअनुसार आज रास्वपाले स्थापना दिवस पारेर पार्टी स्थापना पछिका गतिविधिको बारेमा छलफल गरेको हो । 

बैठक पछि पश्चात् रास्वपाले दिनको १ बजेबाट स्थापना दिवसको चियापान कार्यक्रम सुरु गर्ने छ । सो कार्यक्रममा विभिन्न दलका नेताहरूलाई समेत निम्तो दिएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १२ : ४८ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन