पोखरामा एकसाथ ५ हजार जनाले गरे योग (तस्बिरहरू) « Khabarhub

पोखरामा एकसाथ ५ हजार जनाले गरे योग (तस्बिरहरू)


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

पाेखरा – पोखरा रंगशालामा शुक्रबार एकसाथ ५ हजार जनाले योग गरेका छन् ।

काठमाडौंस्थित भारतीय राजदूतावास, पोखरा महानगरपालिका र पतञ्जलि योगपीठको संयुक्त आयोजनामा पोखरा रंगशालामा अन्तर्राष्ट्रिय योग दिवस-२०२४ मनाइएको हो ।

पोखरा रङ्गशालामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तव र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायत सहभागी थिए ।

उता पोखरा महानगरपालिकासँग सहकार्य गर्दै पोखरा रङ्गशालामा ठूलो योग प्रदर्शन कार्यक्रम भारतीय दूतावासले आयोजन गरेको हो । सन् २०२४ मा नेपालमा मनाएको अन्तर्राष्ट्रिय योग दिवस उत्सवको ठूलो कार्यक्रम यहाँ भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले यस वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योग दिवस पोखरामा आयोजना गरेकोमा भारतीय दूतावासलाई धन्यवाद दिए ।

उनले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने प्रधानमन्त्री मोदीको प्रस्तावलाई नेपालले समर्थन गरेको बताए ।

योगलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सुधार गर्ने एक उपयुक्त साधनाका रूपमा लिने गरिन्छ ।

 

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १ : ३५ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै