आज मेलम्ची बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै « Khabarhub

आज मेलम्ची बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाइने समितिले जनाएको हो ।

 बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपद्बाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने तयारी गरेको थियो । गत जेठ ३१ गते आयोजना बन्द गर्ने भनिएकामा ठूलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने निर्णय भएपछि निरन्तर सञ्चालन गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए ।

‘बागमती प्रदेशमा मनसुन सक्रिय हुन थालेको ठूलो पानी आएर मेलम्ची नदीको पानीको बहाव बढ्न सक्ने र आयोजनामा क्षति हुनसक्ने जोखिम कम गर्न आजदेखि सुरुङको मूलद्वार बन्द गर्ने तयारी गरेका थियौँ’, उनले भने, ‘आजको अवस्था हेर्दा नदीमा पानीको बहाव बढेको छैन, नदी पनि सफा छ । तत्काल आयोजना बन्द गरिहाल्नुपर्ने अवस्था नदेखिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाउने छौँ ।’

लामिछानेका अनुसार परामर्शदाता तथा एसियाली बिकास बैंक (एडिबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेका छन् । ‘हामीले पटकपटक मेलम्ची बन्द गर्ने तयारी गरेका पनि हालसम्म सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘उपत्यकामा मेलम्चीको पानी पठाउन कहिलेदेखि आयोजना बन्द गर्ने भनेर यकिन दिन तोक्दैनौँ, जहिले ठूलो वर्षा भएर जोखिमको खतरा बढ्छ, तत्काल बन्द गर्नेछौँ ।’

समितिले मनसुन अवधिमा विपत्तीको जोखिम कम भएपछि मात्रै मेलम्चीको पानी पठाउन सुरु गर्ने तयारी गरेको छ । मनसुनी जोखिम बढ्ने देखिएमा मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउने लामिछानेको भनाइ छ ।

मनसुनजन्य विपत्तीबाट आयोजनाको हेर्डवक्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सरकारले वर्षा सुरु भएसँगै खानेपानी बन्द गर्ने र वर्षा सक्रिएपछि खोल्ने गर्दै आइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिनेमा यस वर्ष तीन दिन चाँडो भित्रिएको थियो । मनसुन सरदररुपमा अक्टोबर २ मा बाहिरने गर्दछ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक देशभर मनसुन फैलिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १ : २९ बजे

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा