इजरायली सेनाले स्वीकार्‍यो : हमासलाई समाप्त गर्न सकिँदैन, बढ्दै सरकारसँग टकराव | Khabarhub Khabarhub

इजरायली सेनाले स्वीकार्‍यो : हमासलाई समाप्त गर्न सकिँदैन, बढ्दै सरकारसँग टकराव


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सन् २०२३ अक्टोबर ७ मा हमासले दक्षिणी इजरायली सीमामा छिरेर आक्रमण गर्दा १२ सय सर्वसाधारण मारिए । त्यसबेला हमासले करिब २५० जनालाई बन्धक बनायो ।

त्यसलगत्तै इजरायली सेनाले बन्धकलाई छुटाउन र हमासलाई सदाका लागि समाप्त गर्न भन्दै गाजामा भीषण हमला थाल्यो । त्यसयता हमास र इजरायली सेनाबीच लगातार युद्ध जारी छ । इजरायलले गाजामा नरसंहार नै मच्चाएको छ । अहिलेसम्म त्यहाँ ३७ हजारभन्दा धेरै सर्वसाधारण मारिइसकेका छन् ।

तर गाजा पट्टीमा ८ महिनाभन्दा लामो लडाईंबाट पनि इजरायललाई अपेक्षाकृत सफलता हात लागेको छैन। यसको नकारात्मक असर इजरायली सेनाको शीर्ष अधिकृत र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सम्बन्धमा देखिन थालेको छ ।

इजरायली सेनाका प्रवक्ताले हालसालै हमासलाई कहिल्यै निमिट्यान्न पार्न नसकिने स्वीकारेका छन् । यस भनाइले प्रधानमन्त्री नेतन्याहुले गाजामा हमासको पूरै सफाइ हुन लागेको दाबीको पनि खण्डन गरेको छ।

नेतन्याहुले हमासको पूरा सफाइ गरेर मात्रै विश्राम लिने नेतन्याहुको भनाइमा सेनाको यो स्वीकारोक्तिले धक्का लागेको छ । सेनाको यस भनाइको इजरायलमा व्यापक चर्चा भएको छ । सेनाको यो भनाइपछि सरकारसँग टकरावको अवस्था देखिन थालेको छ ।

अमेरिकी टेलिभिजन सीएनएनको एक रिपोर्ट अनुसार इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का प्रवक्ता रिड एडमिरल ड्यानियल हागारीले च्यानल १३ सँगको कुराकानीका क्रममा भनेका छन्, ‘हामी हमासलाई पूर्ण रुपमा समाप्त गर्न सकिन्छ भन्ने अवस्थामा छैनौँ । हमासलाई समाप्त गर्छु भन्नु जनताको आँखामा छारो हाले जस्तै हो । जनतालाई अब गाजामा कुनै आतंक हुँदैन, कुनै सैन्य संगठन हुँदैन, कुनै रकेट हुँदैन, कुनै हतियारधारी मानिस हुँदैन भन्नु एक झुट मात्रै हो ।’

फाइल तस्वीर

उनले हमास समूह गाजामा रहेको आतंक हटाउन नसकिने पनि बताए । ‘हमास एक विचार हो, जो गाजाबासीको दिलमा गहिरोसँग बसेको छ’, उनले अगाडि भनेका छन् ।

इजरायलकोझ सुरक्षा क्याबिनेटले गाजामा आफ्नो युद्धको उद्देश्यमा ‘हमासको सैन्य शक्ति र शासन क्षमता पूरै समाप्त गर्नु’ रहेको जनाएको थियो ।

हगारीको टिप्पणीलाई यसकै जवाफका रुपमा हेरिएको छ । उनको यो भनाइले अहिले इजरायलमा हंगामा भएको छ । जनरलको यो भनाइपछि आईडीएफले सरकारको युद्ध लक्ष्यप्रति प्रतिबद्ध रहेको जनाएको छ । हागारीले केवल एक व्यक्तिगत विचार मात्रै प्रकट गरेको भन्दै आईडीएफले आफ्नो बचाउ गरेको छ ।

सरकार र सेना टकरावको अवस्था

हागारीको टिप्पणीबारेमा आईडीएफको सफाईका बावजुद इजरायली सरकार र सेनाबीचको तिक्तता गहिरिँदै गएको देखिएको छ ।

नेतन्याहुमाथि आफ्नो सरकारका सदस्य र अमेरिकासहित इजरायलका सहयोगीबाट गाजाका लागि एक रणनीति तयार गर्ने दबाब बढिरहेको छ ।

इजरायललाई उसले गरेको दाबीअनुसार बितेका ८ महिनामा कुनै गतिलो सफलता मिलेको छैन। इजरायलले हमासलाई पूरै समाप्त गर्ने भन्दै थालेको युद्ध विफलतातिर गइरहेको अनुमान गर्न थालिएको छ ।

यी सबैबीच हागारीको टिप्पणीले इजरायलको दाबीअनुसार उपलब्धि हासिल हुन नसेको कुरालाई थप बल मिलेको छ । इजरायल सैन्य अभियान र युद्धको लक्ष्यमा असफल हुँदै जाँदा नेतन्याहुको दाबी पनि गलत सावित हुन थालेको छ। इजरायलको अपरेशन फेल हुन लाग्दा हमास भने एक शक्तिशाली संगठनका रुपमा रहिरहने अवस्था देखिएको छ ।

रिपोर्टअनुसार हगारीको उक्त भनाइलाई लिएर नेतन्याहुले आईडीएफका अधिकारीहरूलाई आफ्ना सैन्य सचिवमार्फत सम्पर्क गरेर उक्त विचार अस्वीकार्य रहेको बताएका थिए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  २ : १६ बजे

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम