युक्रेनलाई हतियार नदिन दक्षिण कोरियालाई पुटिनको चेतावनी | Khabarhub Khabarhub

युक्रेनलाई हतियार नदिन दक्षिण कोरियालाई पुटिनको चेतावनी


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले दक्षिण कोरियालाई रूसविरुद्धको युद्धमा सघाउनका लागि युक्रेनलाई हतियार नदिन चेतावनी दिएका छन् ।

रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार उपलब्ध गराए दक्षिण कोरियाका लागि महँगो पर्ने उनले बताएका छन् ।

दक्षिण कोरियाले भने रूस र उत्तर कोरियाबीच भएको नयाँ सम्झौतालाई मध्यनजर गर्दै युक्रेनलाई हतियार दिने विषयमा सोच बनाइरहेको बताएको छ । यसैमा प्रतिक्रिया दिँदै रुसी राष्ट्रपति पुटिनले दक्षिण कोरियालाई चेतावनी दिएका हुन् ।

रूस र उत्तर कोरियाले हालै अन्य देशसँगको युद्धका दौरान एक–अर्को मुलुकलाई आपसमा सहयोग गर्ने सम्झौता गरेका छन् । जसमा दक्षिण कोरियाले विरोध जनाएको छ ।

दक्षिण कोरियाले उक्त सम्झौतालाई राष्ट्रिय सुरक्षाका लागि खतरा भन्दै निन्दा गरेको थियो । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चाङ हो–जिनले ‘युक्रेनलाई हतियार दिने विषयमा पुनर्विचार’ गर्ने योजना बनाइएको बताएका थिए ।

पुटिनले बिहीबार भियतनाममा पत्रकारहरुसँग युक्रेनलाई हतियार आपूर्ति गर्ने निर्णय गरे रुस दक्षिण कोरियाको वर्तमान नेतृत्वसँग खुसी नहुने बताएका थिए ।

पुटिनको टिप्पणीपछि दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले शुक्रवार युक्रेनलाई हतियार आपूर्ति गर्नेबारे विभिन्न विकल्पहरूमा विचार गरिने र रुसको दृष्टिकोणका आधारमा कदम चालिने बताएको छ ।

–बीबीसीबाट

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  २ : २८ बजे

गम्भीर विवादमा मन्त्रीको सूचीका खगेन्द्र, अधिवक्ता गौतमलाई भनेका थिए, ‘ठमेलको बारवाली’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा श्रम, रोजगार तथा

पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिँदै

मनाङ– नासोँ गाउँपालिका–६ र ७ मा पर्ने पोङ्कर ताल जाने पदमार्ग

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

राँझा– राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका

एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

चितवन– जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना

फिल्म ‘परान’ प्रचारका लागि ‘मेरो परान’ प्रतियोगिता, एक लाख जित्ने अवसर

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’ले