योग कुनै धर्मसँग हैन, मानव स्वास्थ्यसँग सम्बन्धित छ : अध्यक्ष ओली « Khabarhub

योग कुनै धर्मसँग हैन, मानव स्वास्थ्यसँग सम्बन्धित छ : अध्यक्ष ओली


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योग कुनै धर्मसँग नभई मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित रहेको बताएका छन्।

योग दिवसका अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले योगले शारीरिक, मानसिक स्वस्थताका साथै पवित्र आचरणका लागी मार्ग निर्देशन गर्ने भएकाले यो कुनै धर्मसँग सम्बन्धित नरहेको बताएका हुन् ।

उनले योगले मान्छेभित्र रहेका खराब तत्त्वहरूलाई निकाल्न मद्दत गर्दै असर मान्छे बनाउन सक्ने धारणा राखे ।

योग अनुशासित पवित्र जीवन भएको भन्दै उनले योग मानव मस्तिष्क स्वस्थ रहोस् भन्ने कुरासँग पनि सम्बन्धित रहेको उनको भनाइ छ ।

उनले योगलाई विश्वव्यापीकरण गर्नुपर्ने र यसका लागि धेरै अन्तर्राष्ट्रिय क्षेत्रबाट पहल भइरहेको बताए ।

तस्बिरमा हेर्नुहाेस् : 

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ३ : ४३ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्