११ महिनामा ५७ करोडको लिपिस्टिक आयात  « Khabarhub

११ महिनामा ५७ करोडको लिपिस्टिक आयात 


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ५७ करोड २८ लाख ६२ हजार रुपैयाँको महिलाहरूले लगाउने लिपिस्टक आयात भएको छ ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले नेपालमा ११ अर्बभन्दा बढीको शृङ्गारका सामग्री आयात भएको देखाएको छ । तथ्याङकअनुसार चालु आर्थिक वर्षको जेठसम्ममा ११ अर्ब ७२ करोड ६९ लाख हजार रुपैयाँ बराबरको मेकअपको सामान आयात भएको हो । जसमा आँखाको शृङ्गारमा प्रयोग गरिने सामग्री मात्रै २२ करोड ३६ लाख ३४ हजार रुपैयाँको आयात भएको छ ।

यस्तै, नङपालिस ४ करोड ५६ लाख २८ हजार, विवाहित महिलाले प्रयोग गर्ने सिँदुर १ करोड ३६ लाख ५६ हजार र अनुहारमा लगाउने क्रिमहरू मात्रै ९४ करोड ३५ लाख ७८ हजारको आयात भएको तथ्यांकमा उल्लेख छ ।

यस्तै समीक्षा अवधिमा ८६ करोड ९३ लाख ६३ हजारको स्याम्पु, कपालमा लगाउने कलर ७१ करोड ४२ लाख, कपालमा लगाउने (हेयर कन्डिसनर) २० करोड ४ लाख ४६ हजारको आयात भएको छ ।

यस्तै सोही अवधिमा अन्य विभिन्न मेकअपका सामग्री आयातमा नेपालीले ३ अर्ब ३१ करोड १ लाख ९६ हजार रुपैयाँ खर्च गरेको तथ्यांकले देखाएको छ ।

विभिन्न शृङ्गार सामग्री आयातका लागि नेपालबाट वर्षेनी अर्बौँ बाहिरिने गरेको छ । गत आर्थिक वर्षमा पनि शृङ्गारका सामग्री मात्रै नेपालबाट १० अर्ब ७६ करोड १२ लाख १७ हजारको मेकअपको सामग्री आयात भएको थियो ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ५ : १७ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड