चियापानपछि लामिछानेले भने : २१ सिटले पनि राम्रोसँग सरकार चलाउने अवस्था देखियो | Khabarhub Khabarhub

चियापानपछि लामिछानेले भने : २१ सिटले पनि राम्रोसँग सरकार चलाउने अवस्था देखियो

जनताका अपेक्षा पूरा गर्न इमान्दार कोसिस गरिरहने


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा चियापान कार्यक्रम आयोजना गरेकोछ ।

कार्यक्रममा कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू उपस्थित भए ।

चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ढिलो पुगे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फर्किएपछि उनी पुगेका थिए ।

त्यसैगरी उद्योगी व्यवसायीहरू पनि रास्वपा केन्द्रीय कार्यालय चा:मती पुगेका थिए ।

चियापान कार्यक्रमपछि रास्वपा सभापति रवि लामिछानेले जनताको अपेक्षा पूरा गर्नका लागि इमान्दार कोसिस गरिरहने बताए ।

२१ सिटले सरकारमा सहभागिता जनाउँदा निकै राम्रोसँग सरकार चलाउने अवस्था देखिएको पनि उल्लेख गरेका छन् ।

लामिछानेले अरु पार्टी र आफ्नो पार्टीको फरक भएको आधार तयार भए पनि वास्तविक रुपमा जनतामाझ देखाउन बाँकी रहेको धारणा चियापानपछि पत्रकारहरूसँग राखे ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ५ : ३९ बजे

पत्रकार पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।