आश्रय सुधार केन्द्रमा समुदाय प्रहरी साझेदारी कार्यक्रम « Khabarhub

आश्रय सुधार केन्द्रमा समुदाय प्रहरी साझेदारी कार्यक्रम


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैचा – मोरङको सुन्दरहरैंचा नगरपालिका ३ मा रहेको आश्रय सुधार केन्द्र भित्र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।

इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक तेज बहादुर दाहाल र लक्ष्मिमार्गस्थित ससत्र प्रहरी बलका डीएसपी कृष्ण बस्ने लगायको टीमले बिहिबार आश्रय सुधार केन्द्र भ्रमण गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको हो।

सुधार केन्द्र भित्रको बस्तु स्थिती बुज्दै उपचारमा रहेका बिमारीहरुलाइ लागू औषध,यसको दुरुपगोग तथा अन्य कानुनी पाटोको बारेमा जानकारी गराएको सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले जानकारी दिए ।

लागू औषध,यसको दुरुपगोग तथा अन्य कानुनी पाटोको बारेमा प्रहरी निरिक्षक दाहाल र डीएसपी बस्नेले प्रशिक्षण दिएका थिए। लागुऔषध दुर्व्यसनी तथा मादक पदार्थ सेवन गर्दै समाजमा नकरात्मक कृयाकलाप तर्फ उत्साहित भएका युवाहरूलाई त्यस्ता खराब कुलतबाट टाढा राख्न स्थापना भएको सुधार केन्द्रमा अहिले पनि ७७ जना मानिस रहेको संयोजक खत्रीले बताए।

दुर्व्यसनमा फसेकाहरुलाई केन्द्रले समूह बनाएर काउन्सीलिङ गर्ने,उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने र स्थापना बिभिन्न पद्धतीबाट उपचार गर्दै आएको संयोजक खत्रीले बताए।

सुधार केन्द्र भित्र रहेका लागुऔसध दुर्ब्यवसनीहरूलाई थेरापीको माध्यमबाट उपचार गरिन्छ भने अर्को माया अनी स्नेह दिएर पनि उपचार गराउदै आएको बताए । सुधार केन्द्रले लागुऔसधमा फसेकाहरुलाई मात्र होइन समाजमा रहेका गरिव बिपन्न र असाहयलाई समेत सगयोग गर्दै आइरहेको छ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : ५७ बजे

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले