कोशी प्रदेशस्तरीय फुटबल : मोरङ र ओखलढुङ्गा फाइनलमा « Khabarhub

कोशी प्रदेशस्तरीय फुटबल : मोरङ र ओखलढुङ्गा फाइनलमा


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – ओखलढुङ्गा र मोरङ म्याङलुङमा जारी कोशी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सो प्रतियोगिताको अन्तिम खेल शनिबार हुने भएको छ ।

असार ३ गतेबाट सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका अन्य १२ जिल्लालाई पछि पार्दै मोरङ र ओखलढुङ्गा फाइनलमा पुगेको हो । जिल्ला खेलकुद विकास समिति तेह्रथुमले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ओखलढु्ङ्गाका फुटबल प्रशिक्षक सुमन गुरुङले आफ्नो टिम विजयी हुने विश्वास व्यक्त गरे ।

“कुनै पनि क्लबमा आबद्ध नभइ गाउँमै खेलेको हाम्रो टिम प्रदेशस्तरको प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जित्ने कुरामा हामी ढुक्क छौँ”, उनले भने। ओखलढुङ्गा र झापाबीच बिहीबार भएको सेमिफाइनल खेलमा एकरएक गोलको बराबरी भएपछि ट्राइबेकरमा ओखलढुङ्गाले झापालाई शून्यका विरुद्ध तीन गोल गर्दै फाइनलमा प्रवेश गरेको हो ।

मोरङ जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक प्रकाश मल्ललेसमेत शनिबार हुने फाइनलमा सफलता हासिल गर्न अत्यन्त मेहनत र अनुशासित भएर खेल्ने तयारी रहेको बताए । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना, जिल्ला खेलकुद विकास समिति तेह्रथुमको संयोजन र कोशी प्रदेश फुटबल सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।

बोर्डले रु २० लाख र खेलाडीहरुका लागि आवास, खाजाको लागि म्याङलुङ नगरपालिकाले रु १० लाख प्रदान गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले बताए । प्रतियोगिताको प्रथम पुरस्कार नगद रु तीन लाख ३३ हजार , दोस्रो पुरस्कार रु दुई लाख २२ हजार ट्रफी ,मेडल र प्रमाणपत्र रहेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ९ : १७ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १