कोशी प्रदेशस्तरीय फुटबल : मोरङ र ओखलढुङ्गा फाइनलमा « Khabarhub

कोशी प्रदेशस्तरीय फुटबल : मोरङ र ओखलढुङ्गा फाइनलमा


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – ओखलढुङ्गा र मोरङ म्याङलुङमा जारी कोशी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सो प्रतियोगिताको अन्तिम खेल शनिबार हुने भएको छ ।

असार ३ गतेबाट सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका अन्य १२ जिल्लालाई पछि पार्दै मोरङ र ओखलढुङ्गा फाइनलमा पुगेको हो । जिल्ला खेलकुद विकास समिति तेह्रथुमले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ओखलढु्ङ्गाका फुटबल प्रशिक्षक सुमन गुरुङले आफ्नो टिम विजयी हुने विश्वास व्यक्त गरे ।

“कुनै पनि क्लबमा आबद्ध नभइ गाउँमै खेलेको हाम्रो टिम प्रदेशस्तरको प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जित्ने कुरामा हामी ढुक्क छौँ”, उनले भने। ओखलढुङ्गा र झापाबीच बिहीबार भएको सेमिफाइनल खेलमा एकरएक गोलको बराबरी भएपछि ट्राइबेकरमा ओखलढुङ्गाले झापालाई शून्यका विरुद्ध तीन गोल गर्दै फाइनलमा प्रवेश गरेको हो ।

मोरङ जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक प्रकाश मल्ललेसमेत शनिबार हुने फाइनलमा सफलता हासिल गर्न अत्यन्त मेहनत र अनुशासित भएर खेल्ने तयारी रहेको बताए । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना, जिल्ला खेलकुद विकास समिति तेह्रथुमको संयोजन र कोशी प्रदेश फुटबल सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।

बोर्डले रु २० लाख र खेलाडीहरुका लागि आवास, खाजाको लागि म्याङलुङ नगरपालिकाले रु १० लाख प्रदान गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले बताए । प्रतियोगिताको प्रथम पुरस्कार नगद रु तीन लाख ३३ हजार , दोस्रो पुरस्कार रु दुई लाख २२ हजार ट्रफी ,मेडल र प्रमाणपत्र रहेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ९ : १७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर