बाढीपहिरोले कोशी राजमार्गमा करोडौँको क्षति | Khabarhub Khabarhub

बाढीपहिरोले कोशी राजमार्गमा करोडौँको क्षति


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डमा बाढीपहिरोले पक्की पुल बगाउँदा रु सात करोड बराबरको क्षति भएको छ ।

खाँदबारी– थामसेर्कुअन्तर्गत ठूलोढुङ्गा– अरुणथान खण्डमा सडकको ‘सब–बेस’ बगाउँदा रु एक करोड बराबरको क्षति भएको छ ।

थामसेर्कु –कप्ताने सडक र कप्ताने– नुम सडक खण्डमा नाली, ग्याबिन पर्खाललगायतका संरचना बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालय सङ्खुवासभाका प्रमुख सबिन कोइरालाले जानकारी दिए।

एकुवा खोलामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको पुल पहिराले बगाउँदा चार करोड बराबरको क्षति भएको आयोजनाले जनाएको छ ।

मकालु गाउँपालिकाको फ्याक्सिन्दा दोभानमा रहेको अरुण नदीमाथिको पक्की पुल उच्च जोखिममा परेको छ । यो सडकखण्ड किमाथाङ्का हुँदै चीनसँग जोडिन्छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ९ : ४४ बजे

देउवाले भने जहाजहरूको परीक्षण र अनुगमनलाई कडा बनाऊँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग हवाई सुरक्षा प्रभावकारी

उद्धार गरिएका पाइलट शाक्यको निधारमा चोट, अवस्था स्थिर

काठमाडौं- त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजका पाइलट मनिषरत्न शाक्यको

अधुरा योजनाको विवरण उपलब्ध गराउन मन्त्री यादवको निर्देशन

महेन्द्रनगर– मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले मन्त्रालय

बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ, आजै मन्त्रिपरिषद् विस्तार

मकवानपुर– बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ लिएका

विमान दुर्घटनामा सौर्य एअरलाइन्स व्यवस्थापनकै ५ जना परे

दुर्घटनामा परेका सौर्य एअरका चिफ अफ अप्रेशन (क्याप्टेन) मनीषरत्न शाक्य,