भारतले समुद्री क्षेत्रमा वायु ऊर्जा परियोजना सञ्चालन गर्ने « Khabarhub

भारतले समुद्री क्षेत्रमा वायु ऊर्जा परियोजना सञ्चालन गर्ने


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत सरकारले तामिल नाडु र गुजरात राज्यस्थित समुद्री क्षेत्रमा वायु ऊर्जा परियोजनाका लागि ७ हजार ४ सय ५३ करोड भारु स्वीकृत गरेको छ ।

भारत सरकारको मन्त्रिपरिषद् बैठकले ती परियोजनाका लागि उक्त रकम स्वीकृत गरेको एनडीटीभीले जनाएको छ ।

यसअन्तर्गत ६ हजार ८ सय ५३ करोड भारु दुबै राज्यमा ५ सय मेगावाट क्षमताका परियोजना स्थापना एवम् सञ्चालनका लागि छुट्याइएको छ । बाँकी ६ सय करोड भारु भने उक्त परियोजना स्थापनाका लागि चाहिने दुई बन्दरगाहको स्तरोन्नतिमा खर्च गरिने जनाइएको छ ।

भारत सरकारले हरेक वर्ष समुद्री क्षेत्रमा सञ्चालित वायु ऊर्जा परियोजनाबाट हरेक वर्ष १ गिगावाट नवीकरणीय विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । यसका लागि नवीन एवम् नवीकरणीय ऊर्जा मन्त्रालयले सरोकारवाला निकायहरुसँग सहकार्य गर्ने एनडीटीभीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : २९ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि