आत्मनिर्भर बन्न बाँसको मुढा बुन्ने तालिम « Khabarhub

आत्मनिर्भर बन्न बाँसको मुढा बुन्ने तालिम


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचा ६ लाटीझोडाकी ५२ बर्षीय बुद्धी माया तामाङ घिसिङ बाँसको मुढा बुन्न सिकेपछि मख्ख छिन् । नमुना सामुदायिक वन उपभोक्ता समितिले आयोजना गरेको १५ दिने मुढा बुन्ने तालिममा सहभागी भएपछि बुद्धि मायाले मुढा बुन्न सिकेकी हुन् ।

सुन्दरहरैचा ५ मा पर्ने हसिना सिमसारमा उनी मुढा बुन्ने तालिम सिकिसकेपछि हातमा प्रमाणपत्र देखाउदै अब सिकेको सीपबाट घरमै मुढा बुनेर आम्दानी गर्ने बताइन् ।

मुढा बुनेर आत्मनिर्भर बन्न आफू पनि तालिममा सहभागी भएको उनी बताउछिन्। ‘दुखी जिन्दगीमा बाँच्नको लागि संघर्ष गर्नै पर्ने रहेछ,’ तालिम सिकिसकेपछि उनले भनिन्, ‘काम नगरी खाने ठाउँ कहाँ पो छ र ? अब बुढेसकाल पनि लाग्यो अहिले सीप सिकेँ । अब कसैले नहेरे पनि यही मुढा बुनेर खान सक्छु ।’

सुन्दरहरैचाका महिला तथा पुरुषहरुलाई आत्मनिर्भर बनाउन र यो क्षेत्रमा प्रशस्त मात्रामा पाईने बाँसको सही सदुपयोग गर्न उक्त तालिमको आयोजना गरिएको उपभोक्ता समितका अध्यक्ष घनश्याम न्यौपानेले बताए । तालिममा सहभागी सीप सिकेकाहरुलाई सीपको सदुपयोग गर्दै जीविकोपार्जन गर्न सहज हुने उनको विश्वास छ ।

सिकेको सीपलाई व्यावसायिक रूपमा अगाडि बढाउने उद्देश्यअनुसार तालिम सञ्चालन गरिएको उनको भनाइ छ। उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष जीवन प्रसाद ढुङ्गनाले नेपाल सरकारले बजेट विनियोजन गरेर यस्ता खालको कार्यक्रम गर्नुपर्ने बताए । राज्यले ध्यान दिनुपर्ने यस्ता खालका कामलाई नमुना सामुदायिक वनले गरेको भन्दै उनले प्रशंसा गरेका थिए।

तालिमा सहभागी भएकाहरुको आयआर्जनमा टेवा पुग्ने भन्दै सिकेका सिपलाई व्यवहारमा उतार्न र उत्पादन भएका मुढालाई बजारीकरण गर्न उद्योग वाणिज्य संघले सहयोग उनले बताए ।

सुन्दरहरैचा ५ का वडाअध्यक्ष गणेश चौधरीले नमुनाले वनको संरक्षण मात्र नभई नमुना काम बताउदै आगामी कार्यक्रममा वनसँग वडाले पनि सहकार्य गर्ने बताए।

लाटीझोडा वनका अधिकृत अमृत विलास पन्तले हातबाट बाँस सिन्का तयार पार्न कठिनाई हुने भन्दै सिन्का बनाउन मेसिन ल्याउनु पर्नेमा जोड दिएका थिए। मुढा बनाउने तालिमका प्रशिक्षक प्रशिक्षकको रुपमा प्रवीण राई रहेका थिए।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ११ : १० बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी