एडीबीद्वारा भारतका लागि २४ करोड डलर ऋण स्वीकृत « Khabarhub

एडीबीद्वारा भारतका लागि २४ करोड डलर ऋण स्वीकृत


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एशियाली विकास बैंक एडीबीले घरको छानामा सौर्य प्रणाली जडान गर्ने अभियानका लागि भारतलाई २४ करोड अमेरिकी डलर ऋण दिने भएको छ ।

एडीबीले स्वीकृत गरेको उक्त ऋण भारतको स्टेट बैंक अफ इण्डिया र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंकमा जम्मा गरिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सन् २०३० सम्म भारतले आफ्नो ऊर्जाको ५० प्रतिशत गैर–जैविक स्रोतबाट उत्पादन गर्ने लक्ष्य राखेको छ । एडीबीको ऋण सहयोगले भारतको यो लक्ष्य पूरा गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

एडीबीबाट प्राप्त हुने ऋण प्रधानमन्त्री सूर्य घर कार्यक्रममा लगानी गरिने एएनआईले उल्लेख गरेको छ ।

एडीबीले घरका छानामा जडान गरिने सौर्य प्रणालीबाट ऊर्जा वितरणमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ७ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको