लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै « Khabarhub

लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनले आज दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यक्रम रहेको जानकारी दिए ।

संघमा कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि लुम्बिनी सरकारबाट एमाले बाहिरिएको थियो । एमालेले सरकार छाडेपछि अल्पमतमा परेका महराले आज विश्वासको मत लिन लागेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४÷४, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन३÷३तीन, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका २÷२जना तथा नेकपा एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका १÷१ सांसद छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ८ : ४९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर