उपसभामुखबारे रास्वपाले भन्यो– ‘अनर्गल प्रचार गरियो’ « Khabarhub

उपसभामुखबारे रास्वपाले भन्यो– ‘अनर्गल प्रचार गरियो’


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको नाम उल्लेख गरी विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज एक विज्ञप्ति जारी गर्दै केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि पार्टीबाट सोधखोज गरिएको र भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध नभएको जनाएको छ ।

रास्वपाले विभिन्न कूटनीतिक निकाय एवं जानकारहरुसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरुले अन्तर्वार्ता मिति मात्र नभइ भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको उल्लेख गरेको छ ।

कार्यवाहक प्रवक्ता झाले पार्टीले गरेको अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले सञ्चार माध्यमहरुमा अतिरञ्जित रुपमा प्रस्ततु गरिएका सूचना सामग्रीहरु जस्तो कतै पनि भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार नदेखिएको उल्लेख गरेका छन् ।

संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिने सो पार्टीले दाबी गरेको छ ।

उपसभामुख लगायत अन्य नेताहरुबाट कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरु भए–नभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका रुपमा सधैँ रहिआएको रास्वपाले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : १५ बजे

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको

आन्तरिक राजस्व कार्यालय भैरहवाले सञ्चालन गर्‍यो ‘राजस्व सङ्कलन अभियान’

देवदह– आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान सञ्चालन गरेको