विज्ञानमा ५५ वर्षअघि भएको त्यो क्रान्ति | Khabarhub Khabarhub

विज्ञानमा ५५ वर्षअघि भएको त्यो क्रान्ति


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

१६ जुलाईका दिन एपोलो ११ लन्च भएको थियो। सन् १९६९ को सोही दिन अन्तरिक्ष विज्ञानमा एउटा क्रान्ति भयो। १६ जुलाईका दिन पृथ्वीको सतह छाडेको अन्तरिक्ष यान २० जुलाईमा चन्द्रमामा पुगेको थियो। संसारभरका सञ्चारकर्मीका लागि त्यो दिन विशेष चासो
थियो।

अन्तरिक्षमा प्रवेशका लागि खर्चिएको रकम, मेहनत र तयारीका बारे चासो सबैलाई हुनु स्वाभाविक हो। सो यानमा सवार व्यक्ति गुरुत्वाकर्षण भन्दा बाहिर पुगेका थिए। पृथ्वीमै रहनेका लागि त्यो एउटा अचम्मको विषय थियो। पृथ्वी भन्दा परको कुनै पिण्डमा मानिसको उपस्थिति त्यो घटना साँच्चै उदेक लाग्दो मात्र थिएन, रहस्यात्मक पनि थियो।

क्रयुहरुको अवस्था पत्ता लगाउन तथा यात्राको रहस्य पत्ता लगाउन मात्र होइन आकाशमा ताराको अवस्था पत्ता लगाउन अर्को क्यामरा पनि जडान गरिएको थियो। २५ मे १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सो योजना बनाएका थिए। उनले यसलाई तीव्र बनाउने काम सन् २०६२ मा गरेका थिए। उनले यसलाई चन्द्रमामा सुरक्षित अवतरण र पृथ्वीमा फिर्ता गर्ने योजना बनाए। यसै अनुसार सन् १९६९ को जुलाईमा निल आर्मस्ट्रङ, बज अल्ड्रिन र माइकल कोलिन्स चन्द्रमा तर्फ प्रस्थान गरेका थिए।

चन्द्र यानले पृथ्वीको जमिन छाडेको दृश्य संसारमा ५ लाख मानिसले हेरेको अनुमान छ। विभिन्न सञ्चार माध्यम तथा अमेरिकामा रहेर सो दृश्य हेरिएको थियो। उनीहरू स्थानीय समय अनुसार बिहानको ९ बजेर ३२ मिनेटमा खाना खाएर यानमा प्रवेश गरेका थिए। पृथ्वीको कक्षमा उनीहरू १२ मिनेटपछि नै पुगेका थिए।

तेस्रो तहको स्टारन भी इन्जिनको परीक्षण गर्नु अघि उनीहरूले मोडलस इन्जिन कोलम्बा परीक्षण गरेका थिए। त्यो यानको सुरुवाती गति ३८ हजार ९४६ किलोमिटर प्रतिघण्टा थियो। बेलुकीको ८ बजेर ५२ मिनेट गएको समयमा नै उनीहरू निदाएका थिए। यान भने अन्तरिक्षमा हुइँकिइरहेको थियो।

त्यसको तीन दिनपछि यान चन्द्र कक्षमा प्रवेश गरेको थियो। २० जुलाईमा कोलिन्स कमान्ड मोडलमा बसे भने आड्रिन र आर्मस्ट्रङ लुनार मोडुलस इगलमा बसे। लुनार मोडुलस चन्द्रमामा अवतरण गर्दा ३० सेकेन्डका लागि मात्र इन्धन बाँकी थियो। नासाको घडीमा बेलुकाको ४ बजेर १७ मिनेट गएको समयमा आर्मस्ट्रङले सो सफलता पाएका थिए।

कोलिन रहेको मोडुलस भने पछि मूल यानमा मिसिएपछि त्यो समुद्रमा खसेको थियो। पहिलो पटक मानिसले चन्द्रमामा पाइला टेकेको दृश्य संसार भरका ५० लाख मानिसले टेलिभिजनको स्क्रिनमा हेरेको अनुमान छ।

त्यो मोडुलस विस्फोट हुनु अघि उनीहरूले धेरै फोटोहरू लिइसकेका थिए। २४ जुलाईका दिन ३ जना पृथ्वीमा झरेका थिए।

त्यो समयमा विज्ञान प्रविधिको क्षेत्रमा गरेको प्रगतिलाई आधार मान्दा अमेरिकाले हरेक क्षेत्रमा अगाडि रहनुपर्छ भन्ने मान्यता राख्नु स्वाभाविक हो। राष्ट्रपति केनेडी पनि अन्तरिक्ष विज्ञानको होडबाजीमा हार्न चाहँदैन थिए। उनले एकै पटक जितको आभास गरेका थिए।

अमेरिकाले सम्झिने जुलाई १६ को अर्को इतिहास

१६ जुलाई विश्व इतिहासमा धेरै कारणले महत्त्वपूर्ण दिन हो। सोही दिन भएको अर्को घटना विश्व इतिहासले सधैँ सम्झिन्छ। सोही दिन अमेरिकाले पहिलो पटक आणविक बमको परीक्षण गरेको थियो। न्यु मेक्सिकोको अलामोगोर्डोमा अमेरिकाले सो बमको परीक्षण गरेको हो।

अन्तरिक्षमा सफलता पाउनु अघि नै सन् १९३९ मा सो आणविक बमको तयारी सुरु भएको थियो। कोलम्बिया विश्व विद्यालयमा इटालीका ऊर्जा विज्ञ इन्रिको फर्मीले अमेरिकी नौ सेनालाई भेटेका थिए। रासायनिक हतियार सैन्य प्रायोजनका लागि निर्माण गर्न सकिने अवधारणा सोही समयमा बनेको थियो। त्यसै वर्ष अल्बर्ट आइन्स्टाइनले हंगेरीमा जन्मिएका वैज्ञानिक लियो सिजलाएडलाई एउटा चिठी पठाएका थिए। सो चिठीपछि राष्ट्रपति थियोडर रुजवेल्टलाई प्रदान गरिएको थियो। यसमा ‘न्यु क्लियर चेन रियाक्सन’को कुरा उल्लेख थियो।

 

सन् १९४० को फेब्रुअरीमा अमेरिकी सरकारले यसको थप अध्ययनका लागि ६ हजार अमेरिकी डलर प्रवाह गरेको थियो। सो समयमा युद्धमा संलग्न शक्तिले आफ्नो ढङ्गले आणविक शक्तिको विकासमा सक्रियता जनाएका थिए। जर्मनी पनि यसमा अग्रणी थियो। यसले अमेरिकालाई थप दबाब दिएको थियो।

ब्रिगेडीयर जनरल लेस्ली आर ग्रोभ्स आफैमा इन्जिनियर थिए। उनी बममा जतिसक्दो धेरै शक्ति रहोस् भन्ने चाहन्थे। जतिसक्दो चाँडो युद्धको अन्त्य होस् भन्ने उनको चाहना थियो।

सिकागो विश्वविद्यालयमा फर्मीले आइन्स्टाइनले पठाएको चेन अफ रियाक्सनको थप अध्ययन गरिरहेका थिए। न्यु मेक्सिकोमा अन्ततः १९४३ मा यो परियोजना तय भयो। १६ जुलाईमा यसको पूर्ण तयारी गरिएको थियो।

बमको तयारी भएपछि न्यु मेक्सिको मरुभूमिमा कुनै पनि मानिसको बसोबास नरहने ठाउँमा बम पड्काइएको थियो। उक्त क्षेत्रको १०० माइल वरिपरि कोही मानिस थिएनन्।

विस्फोटको आवाजबाट उनीहरूले बम पड्किएको थाहा पाएका थिए। बम निर्माण कार्य पूर्ण भएको थाहा पाएपछि उनीहरूका लागि अर्को चासोको विषय जर्मनी थियो। तत्कालीन समयमा अर्को शक्ति जर्मनीले आत्मसमर्पण गरिसकेको थियो। त्यसपछि अमेरिकाले बम प्रहारका लागि अर्को देश जापानलाई चयन गरेको थियो।

बाबु केनेडीको अभियानले सार्थकता पाएको १६ जुलाईकै दिन केनेडी जुनियरका लागि भने दुःखद थियो। सन् १९९९ को १६ जुलाईमा उनी आफैले चलाएको एकल इन्जिन विमान आन्ध्र महासागरका खसेको थियो। दुर्घटनामा केनेडी जुनियर, पत्नी क्यारोलीन र बहिनी लाउरेन बेसेटको ज्यान गएको थियो।

अपरिपक्व पाइलट आफ्नो परिवारसहित आकाशमा उडिरहेको समयमा आन्ध्र महासागरको माथि पुगेको समयमा प्रकाशमा समस्या आएको थियो। सो समस्याले ठुलो दुर्घटना निम्त्याएको थियो।

५५ वर्ष अघि अहिलेकै समय अर्थात् २१ जुलाई का दिन निल आर्मस्ट्रङ चन्द्रमाबाट पृथ्वी तर्फ फर्किरहेका रहेका थिए। ७९ वर्ष अघि जापानी शोकमा थिए। दोस्रो विश्व युद्ध अन्त्यको बाटोमा गएको थियो। विश्व युद्धको समाप्ति र अन्तरिक्ष विज्ञानको क्रान्तिले यो अवधि विश्वकै लागि सम्झनायोग्य बनेको छ। स्रोत : बिबिसी, नासा एपी, हिस्ट्री डटकम

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : ५९ बजे

अर्को महाधिवेशनपछि पनि एमालेको नेतृत्व ओलीले गर्नुहुन्छ : विशाल भट्टराई

नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास हेर्ने हो भने नेपाली कांग्रेस र

एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

काठमाडौं-  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी

भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल

महोत्तरी – आम सेवाग्राहीले उपचारमा समुचित सेवा र वास्ता पाएपछि

सागसब्जीखेतीबाट वार्षिक पाँच लाख आम्दानी

नौमुले– नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का

एलआईसी नेपालले ८८ प्रतिशत हकप्रद सेयर जारी गर्दै

काठमाडौं – लाइफ इन्स्युरेन्स कर्पोरेसन (एलआईसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद