धर्मिक पर्यटन प्रवर्द्धन गर्न साइकल र्‍याली « Khabarhub

धर्मिक पर्यटन प्रवर्द्धन गर्न साइकल र्‍याली


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेका धार्मिक एवं ऐतिहासिक स्थलहरुको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइकल र्‍यालीको आयोजना गरिएको छ ।

‘पनौती बाईक स्टेसन’को आयोजनामा पनौतीबाट प्रारम्भ भएको र्‍याली धुलिखेल–भट्टीडाँडा–काभ्रेभञ्ज्याङ नमोबुद्ध हुँदै पुनः पनौतीमा पुगेर समापन भएको थियो ।

धार्मिक यात्राका लागि साइकल मार्ग तयार पारेर र्‍याली आयोजना गरिएको स्टेसन प्रमुख विपिन श्रेष्ठले बताए । जिल्लाका धार्मिक पर्यटकीयस्थल साइकलबाटै घुम्न सकिने भन्ने सन्देश प्रवाह गर्न  र्‍याली आयोजना गरिएको उनकाे भनाइ छ ।

जिल्लाको मुख्य धार्मिकस्थलका साथै पनौती, धुलिखेल र नमोबुद्धका पर्यटकीय स्थलको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र्‍यालीले सहयोग पुग्ने पनौती नगरपालिका– ५ का वडा अध्यक्ष विनोद खत्रीले बताए ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले र्‍यालीको शुभारम्भ गरेका थिए। र्‍यालीमा दुई सय जना सहभागी थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : ०४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार