सिमलताल पहिरो : बेपत्ताको खोजीमा जुट्यो भारतीय टोली « Khabarhub

सिमलताल पहिरो : बेपत्ताको खोजीमा जुट्यो भारतीय टोली


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

चितवन– नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोसँगै त्रिशूलीमा बगेका दुईवटा बस र त्यसमा सवार यात्रुको खोजीमा भारतीय उद्धार टोली जुटेको छ ।

भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलतालस्थित त्रिशूली नदीमा बगेका थिए ।

बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।

अहिलेसम्म फेला परेका २५ शवमध्ये १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्रु र दुईवटै बसको अवस्था अज्ञात छ ।

मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ११ : ०२ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव