कांग्रेस–एमाले सरकारलाई गल्ती गर्ने छुट छैन : शेखर कोइराला « Khabarhub

कांग्रेस–एमाले सरकारलाई गल्ती गर्ने छुट छैन : शेखर कोइराला


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई ठूला दल कांग्रेस–एमाले एकै ठाउँमा उभिएकाले उनीहरूलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।

बीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौँमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै उनले अब जनताले सुशासनको अनुभूति हुने गरि सरकारले काम गर्नुपर्ने बताए ।

अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकाले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा उनको जोड थियो ।

कोइरालाले देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको समेत बताए । उनले भने, ‘अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ ।’

आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरूले गरेका सबै काम ठिक छ भनेर चुप लागेर बस्न नहुने उनको तर्क थियो ।

कोइरालाले मन्त्रीहरूले गलत काम गरे उनीहरूको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे । उनले भने, ‘जनभावना विरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ ।’

बीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेको उनको गुनासो छ ।

उनले भने, ‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पूर्वको साथीलाई दुख्थ्यो । पूर्वको साथीको पीडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफूलाई बीपीका अनुयायी भन्छौँ तर स्वार्थमा परेर आफू–आफूमै लड्छौँ। बीपीले त यस्तो कहिल्यै सिकाउनु भएन । हिजोको त्यो आत्मियता कहाँ गयो ?’

 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ११ : ५३ बजे

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च