माइक्रोसफ्ट डाउन : विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या | Khabarhub Khabarhub

माइक्रोसफ्ट डाउन : विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सफ्टवेयर कम्पनी माइक्रोसफ्टले शुक्रबार आईटी सेवामा आएको अवरोधका कारण विश्वभरका ८५ लाख कम्प्युटरले काम नगरेको जनाएको छ ।

साइबर सेक्युरिटी सफ्टवेयर क्राउडस्ट्राइकको अपडेटपछि आएको यस त्रुटिको बारेमा अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरिएको छैन ।

यो घटनालाई साइबर इतिहासकै सबैभन्दा नराम्रो घटना भनिएको छ । माइक्रोसफ्टले आफ्ना प्रयोगकर्ताहरूलाई यसबाट बाहिर निकाल्न मद्दत गरिरहेको छ ।

कम्पनीले एक ब्लग पोष्टमा भनेको छ, ‘हामीले हाल ८५ लाख विन्डोज उपकरणहरू क्राउडस्ट्राइक अपडेटबाट प्रभावित भएको अनुमान गरेका छौँ ।’

यस पोस्टमा, कम्पनीका उपाध्यक्ष डेभिड वेस्टनले भनेका छन्, यो संख्या विश्वभरका विन्डोज मेसिनको एक प्रतिशत भन्दा कम छ ।

श्राेत : न्युजकारखाना

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १२ : ०० बजे

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ