तारादेवीको ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण « Khabarhub

तारादेवीको ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कवि तारादेवी सुनुवारले जागिरे जीवनको क्रममा रोल्पा बस्दाको अनुभूति समेटेर तयार गरेको अनुभूतिहरूको सङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण भएको छ ।

पुस्तकको शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच साहित्यकार डा. नवराज लम्साल, प्रतीक ढकाल, कवि मोमिला जोशी, कथाकार डा. अशोक थापा र लेखक तारादेवी सुनुवारले सम्युक्त रुपमा लोकार्पण गरेका हुन् ।

महिला विकास कार्यालय रोल्पामा कार्यरत रहँदा गरेको ‘दैनिक डायरी’लाई तारादेवीले पुस्तकको रूप दिएकी हुन् ।

साहित्यकार डा. लम्सालले लेखक तारादेवी सुनुवारको लेखन शैलीको प्रशंसा गर्दै उनले पहिलो बलमा नै ‘छक्का प्रहार’ गरेको तर्क गरे ।

तत्कालीन शसस्त्र युद्धको विषयवस्तु भएपनि बीचमा बसेर लेख्न सकेको भन्दै उनले लेखाइमा कुनै कुण्ठा, आवेग, दुराशय, चिन्ता नरहेको बताए । जीवन्त रहेको उनको पुस्तक रोल्पा चिन्न चाहने सबैले पढ्नैपर्ने बताए ।

पुस्तककी लेखिका सुनारले रोल्पाली दिदीबहिनीसँगको बसाइ र उनीहरूले भोगेको पीडा र त्यहाँको वास्तविकताले कृति तयार गर्न घच्घचाएको बताइन् ।

पुस्तकमा ग्रामीण जीवनको सुन्दरता, द्वन्द्वकालीन परिवेश, पारिवारिक विरासत र दैनिक अनुभवहरू समेटिएको छ । तत्कालीन शसस्त्र युद्धको क्रममा रोल्पाका गाउँका कथाहरू पुस्तकमा समावेश छन् ।

नेपाली र सुनुवार भाषामा बराबर कलम चलाउने ताराका  नेपाली भाषामा ‘परिस्थिति’, ‘अविरल’ तथा गजलसङ्ग्रह ‘सम्झनाका फूलहरू’ प्रकाशित छन् ।

यस्तै, सुनुवार भाषामा ‘थुँ थ्यानी संग्रह’, ‘देष् मपथु वोय’, कवितासंग्रह ‘सुया’ र गजलसंग्रह ‘झुल्पी फू’ प्रकाशित छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १२ : ३३ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले