प्रधानमन्त्री ओलीको पक्षमा यसरी पुग्दैछ दुईतिहाइ « Khabarhub

प्रधानमन्त्री ओलीको पक्षमा यसरी पुग्दैछ दुईतिहाइ


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


20.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । उनको पक्षमा ७ वटा दल र तीन स्वतन्त्र सांसद गरेर १ सय ९३ सांसदले मतदान गर्ने सम्भावना छ ।

ओलीको पक्षमा नेपाली कांग्रेसका ८८ र नेकपा एमालेका ७६ संसद्ले मतदान गर्दै छन् ।

एमालेका २ सांसदले मतदान गर्ने छैनन् । पाँचथरबाट निर्वाचित वसन्तकुमार नेम्बाङ बिरामी परेकाले उपस्थित हुने छैनन् ।

यस्तै, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएका छन् । त्यसकारण एमालेका ७६ सांसदले मात्रै मतदान गर्दैछन् ।

यस्तै, ओलीलाई डा. सीके राउत नेतृत्वको जनमत पार्टीका ६ सांसदले ओलीलाई विश्वासको मत दिने छन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका ७ सांसदले पनि ओलीलाई मत दिने छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ५, नागरिक उन्मुक्ति पार्टीका ४ र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले ओलीलाई विश्वासको मत दिनेछन् ।

यीमध्ये नागरिक उन्मुक्ति, जनमत र जसपा नेपाल संघीय सरकारमा छैनन् । सरकारमा नभएको जसपा नेपालले पनि ओलीलाई विश्वासको मत दिने तयारी भएको एक नेताले खबरहबलाई बताए ।

यस्तै, आज जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि ओलीलाई मत दिँदैछन् । स्वतन्त्र संसदहरू योगेन्द्र मण्डल र डा. अमरेशकुमार सिंहले पनि ओलीको पक्षमा मतदान गर्ने बताइएको छ । अमरेशले ओलीलाई विश्वासको मत दिने बताएका छन् ।

विपक्षमा को को ?

प्रधानमन्त्रीको विपक्षमा जम्मा ७९ सांसद उभिन सक्नेछन् । विपक्षमा नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेकपा एकीकृत समाजवादीका १० सांसदले मतदान गर्ने छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले पनि ओलीको विपक्षमा मतदान गर्न सक्नेछन् । तर चित्रबहादुर निर्णयमा पुगिसकेका छैनन् । तर ओलीको सचिवालयले चित्रबहादुरले पक्षमा मतदान गर्ने दाबी गरेको छ ।

शुक्रबार माओवादी रास्वपा र एकीकृत समाजवादीले संसदीय दलको बैठक राखेर विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

राप्रपाले पनि शनिबार विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यद्यपि राप्रपाले आफ्ना एजेन्डामा सुनुवाइ भए सरकारलाई समर्थन गर्न सक्ने अध्यक्ष राजेन्द्र लिङ्देन बताउँछन् ।

ओलीलाई दुईतिहाइ बहुमत पुर्‍याउन १८४ मत आवश्यक छ । ओलीले राप्रपासहित २०७ जना सांसदको हिसाब गरेका थिए । तर राप्रपाले तत्काल ओलीलाई नसघाउने निर्णय गरिसकेको छ।

ओलीले २०७४ मा प्रधानमन्त्री हुँदा २०८ मत पाएका थिए । यो मत कुल प्रतिनिधिसभामा २७५ को तीन तिहाइभन्दा बढी थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ०७ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको