प्रधानमन्त्री ओलीको पक्षमा यसरी पुग्दैछ दुईतिहाइ « Khabarhub

प्रधानमन्त्री ओलीको पक्षमा यसरी पुग्दैछ दुईतिहाइ


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


20.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । उनको पक्षमा ७ वटा दल र तीन स्वतन्त्र सांसद गरेर १ सय ९३ सांसदले मतदान गर्ने सम्भावना छ ।

ओलीको पक्षमा नेपाली कांग्रेसका ८८ र नेकपा एमालेका ७६ संसद्ले मतदान गर्दै छन् ।

एमालेका २ सांसदले मतदान गर्ने छैनन् । पाँचथरबाट निर्वाचित वसन्तकुमार नेम्बाङ बिरामी परेकाले उपस्थित हुने छैनन् ।

यस्तै, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएका छन् । त्यसकारण एमालेका ७६ सांसदले मात्रै मतदान गर्दैछन् ।

यस्तै, ओलीलाई डा. सीके राउत नेतृत्वको जनमत पार्टीका ६ सांसदले ओलीलाई विश्वासको मत दिने छन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका ७ सांसदले पनि ओलीलाई मत दिने छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ५, नागरिक उन्मुक्ति पार्टीका ४ र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले ओलीलाई विश्वासको मत दिनेछन् ।

यीमध्ये नागरिक उन्मुक्ति, जनमत र जसपा नेपाल संघीय सरकारमा छैनन् । सरकारमा नभएको जसपा नेपालले पनि ओलीलाई विश्वासको मत दिने तयारी भएको एक नेताले खबरहबलाई बताए ।

यस्तै, आज जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि ओलीलाई मत दिँदैछन् । स्वतन्त्र संसदहरू योगेन्द्र मण्डल र डा. अमरेशकुमार सिंहले पनि ओलीको पक्षमा मतदान गर्ने बताइएको छ । अमरेशले ओलीलाई विश्वासको मत दिने बताएका छन् ।

विपक्षमा को को ?

प्रधानमन्त्रीको विपक्षमा जम्मा ७९ सांसद उभिन सक्नेछन् । विपक्षमा नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेकपा एकीकृत समाजवादीका १० सांसदले मतदान गर्ने छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले पनि ओलीको विपक्षमा मतदान गर्न सक्नेछन् । तर चित्रबहादुर निर्णयमा पुगिसकेका छैनन् । तर ओलीको सचिवालयले चित्रबहादुरले पक्षमा मतदान गर्ने दाबी गरेको छ ।

शुक्रबार माओवादी रास्वपा र एकीकृत समाजवादीले संसदीय दलको बैठक राखेर विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

राप्रपाले पनि शनिबार विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यद्यपि राप्रपाले आफ्ना एजेन्डामा सुनुवाइ भए सरकारलाई समर्थन गर्न सक्ने अध्यक्ष राजेन्द्र लिङ्देन बताउँछन् ।

ओलीलाई दुईतिहाइ बहुमत पुर्‍याउन १८४ मत आवश्यक छ । ओलीले राप्रपासहित २०७ जना सांसदको हिसाब गरेका थिए । तर राप्रपाले तत्काल ओलीलाई नसघाउने निर्णय गरिसकेको छ।

ओलीले २०७४ मा प्रधानमन्त्री हुँदा २०८ मत पाएका थिए । यो मत कुल प्रतिनिधिसभामा २७५ को तीन तिहाइभन्दा बढी थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ०७ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने