ताप्लेजुङमा १८ करोड ७२ लाख राजस्व सङ्कलन « Khabarhub

ताप्लेजुङमा १८ करोड ७२ लाख राजस्व सङ्कलन


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

फुङलिङ– ताप्लेजुङमा १८ करोड ७२ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा १८ करोड ७२ लाख १६ हजार सात सय ९३ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्षमा गरेको प्रगति समीक्षाअनुसार सङ्घतर्फ ९२ दशमलव शून्य दुई र प्रदेशतर्फ ८५ दशमलव ६४ प्रतिशत प्रगति भएको हो ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार प्रदेशतर्फको कूल बजेट ६२ करोड ८७ लाख ५३ हजार एक सय आठ रुपैयाँ रहेको थियो । त्यसमा पुँजीगततर्फ २० करोड ९० लाख दुई हजार रुपैयाँ र चालुतर्फ ४२ करोड ९७ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

पुँजीगततर्फ ९४ दशमलव २५ र चालुतर्फ ८१ दशमलव २५ प्रतिशत प्रगति भएको आचार्यले बताए । प्रदेशअन्तर्गत डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, खानेपानी तथा सरसफाइ डिभिजन, जिल्ला आयुर्वेदलगायत कार्यालय रहेका छन् ।

सङ्घतर्फको बजेट चार अर्ब ९९ करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको थियो । त्यसमा पुँजीगततर्फ ६० करोड ११ लाख ३० हजार रुपैयाँ र चालुतर्फ चार अर्ब ३९ करोड ५१ लाख नौ हजार रुपैयाँ रहेको थियो ।  पुँजीगततर्फ ७३ दशमलव २० र चालुतर्फ ९४ दशमलव ६० प्रतिशत प्रगति भएको आचार्यले जानकारी दिए  ।

सङ्घतर्फका कार्यालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, सडक, कोष तथा लेखा नियन्त्रक, मालपोत, नापी, सुरक्षा निकायलगायत कार्यालय रहेका छन् । जिल्लामा सङ्घ र प्रदेशअन्तर्गतका ३७ कार्यालय रहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : १७ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा