सकियो फिल्म ‘तेल भिसा’ को छायांकन, मंसिर ७ मा प्रदर्शन « Khabarhub

सकियो फिल्म ‘तेल भिसा’ को छायांकन, मंसिर ७ मा प्रदर्शन


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंसिर ७ बाट प्रदर्शनमा आउने फिल्म ‘तेल भिसा’को छायांकन ३५ दिनमा सकिएको छ । यो फिल्मको ७० प्रतिशत अमेरिका र ३० प्रतिशत नेपालमा भएको थियो ।

यसको पहिलो चरणको छायांकन अमेरिकामा भएको थियो ।

फिल्मको इन्डक्याप चितवनमा भएको हो । अन्तिम छायांकनमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसमेत उपस्थित थिइन् । उनले चितवनमा छायांकन गरेकामा धन्यवाद र फिल्म सफलताको शुभकामना दिइन् ।

यो फिल्मबाट शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा फर्किएका हुन् । त्यस्तै नायिका ऋचा घिमिरेको पनि यो कमब्याक फिल्म हो । अमेरिकामा बस्दै आएकी उनी १० वर्षपछि अभिनयमा फर्किएकी हुन् ।

यो फिल्ममा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा देखिँदै छन् । फिल्ममा विपिन र ऋचासहित वर्षा राउत, पूजा लामा र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ३८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको