सुमनाले भनिन्- संवैधानिक परिषद्‍मा अल्पमतमा पर्ने भएपछि उपसभामुखलाई आक्रमण गरियो | Khabarhub Khabarhub

सुमनाले भनिन्- संवैधानिक परिषद्‍मा अल्पमतमा पर्ने भएपछि उपसभामुखलाई आक्रमण गरियो


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरलाई नहेप्न चेतावनी दिएकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले अमेरिकी दूतावासलाई लेखिएको पत्रलाई लिएर उपसभामुख रानामगरलाई नहेप्न चेतावनी दिएकी हुन् ।

‘एउटा महिला जसले यस्तो डिफिकल्ट टाइमबाट आएर यहाँ आउनुभएको छ । उहाँलाई हेप्न चाँही नखोज्नु होला,’ श्रेष्ठले भनिन्, ‘साच्चैकै विधि, पद्दति बनाउन चाहनुहुन्छ, गर्नुस् । एक वर्ष अघिदेखि पत्र हातमा बोकेर बस्नुभएको हरेछ त, कुन बेला ठोकौँ भनेर । साँच्चिकै छानबिन गर्ने हो भने गरियोस् । पार्टी पनि तयार छ । तर, प्रोपर तरिकाले होस् ।’

उनले उपसभामुख रानामगरको नामबाट मिडिया ट्राइल भइरहेको भनदै आपत्ति जनाइन् । श्रेष्ठले सत्तारुढ दल नेपाली कांग्रेसलाई भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि चुनौती दिइन् ।

‘मानव तस्करी भन्ने जस्तो ठूलो आरोप यस्तो आनन्दका साथ तपाईंले डिक्लियर गर्नुभयो,’ सांसद श्रेष्ठले कांग्रेस सांसद रामहरि खतिवडाप्रति इंगित गर्दै प्रश्न गरिन्, ‘डिक्लियर गर्नुस् न त, भुटानी शरणार्थी कसले गरेको हो भनेर । त्यो आँट छ ?’

आइतबारकै बैठकमा कांग्रेस सांसद खतिवडाले उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सघाउने आग्रह गरेका थिए ।

उनले इमानदार महिलाको चरित्र हत्या गर्ने गरी मानव बेचिबखान जस्तो गम्भीर आरोप लगाइएको बताइन् ।

उनले संवैधानिक परिषद्मा सत्ता पक्ष अल्पमतमा पर्ने भएपछि उपसभामुखलाई हटाउने योजनासहित यस्तो आरोप लगाइएको बताइन् ।

‘मिडिया ट्रायल गरेर उपसभामुख जस्तो इमानदार मान्छेलाई चरित्र हत्या गरेको देखिन्छ । एउटा महिलालाई चरित्र हत्या गरेका छन्’, उनले भनिन्, ‘संवैधानिक परिषद्‍मा अल्पमत परियो भनेर मिडिया ट्राल गर्ने छुट कसैलाई छैन । छानबिन गरौँ, सबैको छानबिन हुनुपर्छ ।’

यसअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र नेकपा एमालेका सांसाद रघुजी पन्तले उपसभामुखको विषय कुरा उठाएपछि सुमनाले जवाफ दिएकी हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ४४ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका