यी हुन् ओलीको प्राथमिकतामा रहेका पाँच काम « Khabarhub

यी हुन् ओलीको प्राथमिकतामा रहेका पाँच काम


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नयाँ सरकारले पाँच वटा कामलाई प्राथमिकता दिने बताएका छन् ।

उनले आइतबार विश्वासको मतका लागि डाकिएको प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

ओलीले त्यसक्रममा पाँच प्राथमिकता पनि सार्वजनिक गरे।

थालेको काम सक्ने ट्ठ उनले काम सुरु भएका सबै किसिमका आयोजनाका काम समयमै सक्ने बताए । ‘सबै परियोजना समयमा सकिन्छ । थालेको काम तोकिएकै समयमा सकिन्छ’, उनले भने ।

क्षमता अधिवृद्धि : आफ्नो मन्त्रालयको कामलाई प्राथमिकता दिएर क्षमता अभिवृद्धि गर्ने योजना ओलीले सुनाए ।

मूल्याङ्कन : खर्च गर्ने क्षमता बढाइनेछ । पुँजीगत खर्च गर्ने क्षमता बढाइने छ । लागत वृद्धि कम गर्न आवश्यक ऐन सुधार गरिनेछ ।

निमार्ण व्यवसायीहरूका समस्या तत्काल समाधान गर्ने योजना बनाइने छ ।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा बोल्दै ओलीले यस्ता योजना सार्वजनिक गरेका हुन् ।

उनले नेकपा एमाले र नेपाली कांग्रेसको सहयोगमा असार २८ गते प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल ओलीलाई असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (४) अनुसार आज संसद् बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया