यी हुन् ओलीको प्राथमिकतामा रहेका पाँच काम « Khabarhub

यी हुन् ओलीको प्राथमिकतामा रहेका पाँच काम


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नयाँ सरकारले पाँच वटा कामलाई प्राथमिकता दिने बताएका छन् ।

उनले आइतबार विश्वासको मतका लागि डाकिएको प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

ओलीले त्यसक्रममा पाँच प्राथमिकता पनि सार्वजनिक गरे।

थालेको काम सक्ने ट्ठ उनले काम सुरु भएका सबै किसिमका आयोजनाका काम समयमै सक्ने बताए । ‘सबै परियोजना समयमा सकिन्छ । थालेको काम तोकिएकै समयमा सकिन्छ’, उनले भने ।

क्षमता अधिवृद्धि : आफ्नो मन्त्रालयको कामलाई प्राथमिकता दिएर क्षमता अभिवृद्धि गर्ने योजना ओलीले सुनाए ।

मूल्याङ्कन : खर्च गर्ने क्षमता बढाइनेछ । पुँजीगत खर्च गर्ने क्षमता बढाइने छ । लागत वृद्धि कम गर्न आवश्यक ऐन सुधार गरिनेछ ।

निमार्ण व्यवसायीहरूका समस्या तत्काल समाधान गर्ने योजना बनाइने छ ।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा बोल्दै ओलीले यस्ता योजना सार्वजनिक गरेका हुन् ।

उनले नेकपा एमाले र नेपाली कांग्रेसको सहयोगमा असार २८ गते प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल ओलीलाई असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (४) अनुसार आज संसद् बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ०९ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६