केपी ओलीलाई विश्वासको मत किन ? यस्ता छन् तर्क « Khabarhub

केपी ओलीलाई विश्वासको मत किन ? यस्ता छन् तर्क


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओ‌लीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत मागेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधनका क्रममा उनले विश्वासको मत मागेका हुन्।

उनले विश्वासको मत माग्ने क्रममा देशलाई आर्थिक वृद्धि र विकासको बाटोमा लैजान कांग्रेस र एमाले मिलेको भन्दै विश्वासको मत दिन अपील गरे।

विश्वासको मत किन ? उनकै शब्दमा

हामीले सरकारको जिम्मा लिइरहँदा देशको स्थिति कस्तो थियो भन्ने एउटा सानो झलक यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु। सिंगो देश निराशामा छ । २०४६ सालपछिको पुस्ताले चरम निराशा सायद पहिलोपटक अनुभव गर्‍यो । यो सरकार परिवर्तनको संघारमा आइपुग्दाको स्थितिबारेमा भन्दै छु ।

अर्थतन्त्र असाध्यै डामाडोलको अवस्थामा छ। आयात र निर्यात दुवै घटेको छ। १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा त्यसको बढीमा ७६ प्रतिशत मात्रै संकलन हुन सक्यो ।

जबकि निकट विगतमा लक्ष्यभन्दा राजस्व जहिले बढी उठ्ने गरेको थियो। यस परिप्रेक्ष्यमा लक्ष्यभन्दा २४% कम राजस्व संकलन हुनुले देशको अर्थतन्त्रमा कति ठूलो समस्या सिर्जना भएको छ भन्ने देखाउँछ । अहिले बैंकहरूमा पैसा थुप्रिएको छ। कहिले यसबीचमा यसअगाडि कहिले तरलताको चरम अभाव देखियो यतिबेला तरलता काफी छ। बैंकहरूमा पैसा थुप्रिएको छ ब्याजदर पनि न्यून छ । तर पनि लगानी गर्न तत्पर हुने व्यवसायी छैनन्। कर्जा विस्तार घटेको घट्यै छ। कोही कर्जा लिन तयार भएका छैनन् । गएको वर्ष जम्मा ५ प्रतिशतको हाराहारीमा मात्र कर्जा विस्तार भयो। जबकि नेपाल राष्ट्र बैंकले लिएको कर्जा विस्तारको लक्ष्य नै ११.५ प्रतिशत थियो यो अत्यन्त न्यून हो ।

लक्ष्य ११ दशमलव ५ प्रतिशत भएकोमा विस्तार चाहिँ ५ प्रतिशत मात्रै भयो। ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा सूचीमा पर्नेको सङ्ख्या बढ्दो छ। बजारमा माग घटेको छ। व्यवसायीहरूले सहयोग र प्रोत्साहन पाउनुको साटो सरकारी निकायबाटै अनावश्यक दु:ख पाएको गुनासो गरेको गर्‍यै छन् ।

सरकार स्टन्टवाज भयो सरकारले थुन्ने अनि सुन्ने काम गर्यो भन्ने जस्ता गुनासो बोकेर सरकारी निकाय धाउँदा धाउँदै निजी क्षेत्रले आफ्नो व्यवसायमा काम गर्ने फुर्सद नै पाएन ।

यस्तो लाग्छ घटेको बजार माग र सरकारी तौर तरिकाका कारण उद्योगी व्यवसायी मरिच झै चाउरिएका छन् । विकास निर्माणका काम लथालिङ्ग छन् करिब ६० लाखभन्दा बढी जनता निरपेक्ष गरिबीको बुङ्ग्रोमा पिल्सिरहेका छन्। भ्रष्टाचारले सिमाना आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जान लामबद्ध युवा युवतीहरूको भिड देखिन्छ। युवा पुस्ता विदेशिदा उच्च शिक्षा अध्ययन गराउने शिक्षण संस्थाहरूले अभूतपूर्व संकटको सामना गरिरहेका छन् ।

मलाई सबैभन्दा डर लागेको कुरा देशप्रति आमजनताको भरोसा टुटेको स्थिति छ । तिनको मनोबल नराम्ररी गिरेको छ । देशमा व्याप्त यही गरिबी, गहिरो निराशा हटाउन जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको यसमा सबै स्पष्ट भए हुन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : १९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन