बंगलादेशमा रहेका विद्यार्थी स्वदेश फर्काउन कांग्रेसकाे माग   « Khabarhub

बंगलादेशमा रहेका विद्यार्थी स्वदेश फर्काउन कांग्रेसकाे माग  


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसले बंगलादेशमा समस्यामा परेका नेपाली विद्यार्थीहरूको सहज स्वदेश फिर्ताको वातावरण बनाउन माग गरेको छ ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले बंगलादेशमा अध्ययनरत विद्यार्थी लगायत अन्य नेपाली नागरिकहरूको सुरक्षा एवं इच्छुकहरूलाई स्वदेश फिर्ताको सहज वातावरण निर्माण गरिदिन माग गर्ने निर्णय गरेको हो ।

बैठकले अविरल वर्षाका कारण बाढी डुबान र पहिरोमा परी कयौँ घरपरिवारहरू विस्थापित भएको भन्दै उचित राहत तथा व्यवस्थापन, बेपत्ताहरूको खोजी उद्धार, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्ने निर्णय गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

त्यस्तै बैठकले बाढी, पहिरो र डुबानका कारण समस्यामा परेका नागरिकहरूलाई सहयोग गर्न कांग्रेसका सबै भातृ र शुभेच्छुक संस्थालाई आग्रह गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : २२ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण