कांग्रेससँग मिलेपछि ओलीले लिन चाहेनन् माओवादीको नाम, भने-‘अरू शक्ति’ « Khabarhub

कांग्रेससँग मिलेपछि ओलीले लिन चाहेनन् माओवादीको नाम, भने-‘अरू शक्ति’


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदै गर्दा नयाँ सरकार गठन गर्न नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएकाे सात बुँदे सहमति वाचन गरेर सुनाए ।

दुई दलबीच असार १७ गते मध्यराति भएको सम्झौता वाचन गरेर सुनाउनुअघि ओलीले त्यस्तो सहमतिको औचित्य पुष्टि गर्न केही पृष्ठभूमि बाँधे । उनले वि.सं. २००७ मा राणा शासन अन्त्यदेखि २०६२/६३ को राजनीतिक परिवर्तनसम्मका सन्दर्भ कोट्याए ।

पछिल्लो राजनीतिक परिवर्तनको सन्दर्भमा अकाट्य जोडिने माओवादीको नाम भने ओलीले लिँदै लिएनन् । माओवादी ओली अध्यक्षताको पार्टी नेकपा (एमाले) कै निवर्तमान सत्ता साझेदार पनि हो ।

सात बुँदे सहमति वाचन गर्नुअघि ओलीले देशमा फैलिएको सशस्त्र हिंसाको आगो निभाउन र राजतन्त्र फाल्न २०६२/६३ मा कांग्रेस-एमाले एकमत भएका  बताए । त्यतिखेर द्वन्द्वरत अर्थात्‌ विपक्षी माओवादीलाई ओलीले अरू शक्तिको संज्ञा दिए ।

ओलीले भने, ‘२०६२/६३ मा देशमा फैलिएको सशस्त्र हिंसाको आगो निभाउन र राजतन्त्र फाल्न एकमत भएका थिए । त्यसैको जगमा अरू शक्तिलाई साथमा लिँदै यी दुई पार्टीले संविधान निर्माणको नेतृत्व गरे ।’

तत्कालीन नेकपा मा‌ओवादीले व्यवस्था र संविधानप्रति असन्तुष्टि जनाउँदै २०५२ फागुनदेखि सशस्त्र विद्रोह थालेको थियो । सो विद्रोह १२ बुँदे सहमति हुँदै २०६२/६३ को राजनीतिक परिवर्तनपछि अन्त्य भएको थियो । माओवादीको मागअनुसार राजतन्त्र अन्त्य र स‌ंविधानसभामार्फत नयाँ संविधान घोषणा गर्न तत्कालीन संसद्‌वादी दलहरू सहमत भएका थिए ।

शान्तिपूर्ण मूलधारको राजनीतिमा आएपछि अधिका‌ंश समय सत्तामा रहेको माओवादी हाल प्रतिपक्षमा पुगेका छ । माओवादीको संसदीय शक्ति क्षयीकरण पनि तीव्रतर छ । त्रिशंकु संसद्‌को फाइदा उठाउँदा यसअघि संसद्‌मा पहिलो र दोस्रो ठूलो दल काँग्रेस र एमालेले पालैपालो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निरन्तरता दिएका थिए ।

तर, स‌ंसद्‌का दुई ठूला दलहरूको नयाँ सत्ता गठबन्धन बनेसँगै माओवादी केन्द्र अहिले प्रतिपक्षमा पुगेको छ । एमालेले माओवादीसँगको गठबन्धन तोड्दै कांग्रेससँगको सहमतिमा नयाँ सरकारको नेतृत्व गरेको हो । प्रधानमन्त्रीमा नियुक्त एमाले अध्यक्ष ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै गरेका हुन्‌ ।

विश्वासको मत लिँदै गर्दा ओलीले कांग्रेस र एमाले प्रतिष्पर्धी पार्टी भए पनि खास समयमा यी दुई पार्टीले सहकार्य गरेका र देशलाई परिणाम पनि दिएका बताए । उनले भने, ‘हामी सबैलाई थाहा छः नेकपा एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टी हुन् । हामी विचारमा प्रतिष्पर्धा गर्छाैं । तर खास समयमा यी दुई पार्टीले सहकार्य गरेका छन् र देशलाई परिणाम पनि दिएका छन् ।’

ओलीले थपे, ‘सात सालमा राणा शासन अन्त्यका लागि एक भएका थिए, ४६ सालमा निरंकुश राजतन्त्र र पञ्चायत फाल्नका लागि एक भएका थिए । यसपटक फेरि हामीले सात बँदे सहमति गरी सहकार्य थालनी गरेका छौँ । नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको त्यो सात बुँदे सहमति जस्ताको तस्तै यो सम्मानित सदनलाई जानकारी गराउने अनुमति चाहन्छु ।’

यो पनि-

कांग्रेस-एमाले ७ बुँदे सहमति सार्वजनिक, चुनावी सरकारको नेतृत्व देउवाले गर्ने

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ५३ बजे

पार्टी भन्दा ठूलो देश हो, सीमाबारे प्रधानमन्त्रीले चितवनबाट हैन सदनबाटै स्पष्ट पार्नुपर्छ : आरेन राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति

सडकमा खाल्डो भेटिए राज्यलाई एक लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

नेकपाले भन्यो– रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले रास्वपा महाधिवशेनबाट पारित केहि दस्तावेजले लोकतन्त्रको

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई तत्काल रिहा गरियोस्

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाएको 

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको सदनमा निरन्तर विरोध

काठमाडौं– प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै