कांग्रेसले बागमतीको मुख्यमन्त्रीमा लामाको नाम तय गर्‍यो | Khabarhub Khabarhub

कांग्रेसले बागमतीको मुख्यमन्त्रीमा लामाको नाम तय गर्‍यो


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकातर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामाको नाम तय भएको छ ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि मुख्यमन्त्रीमा चाहाना देखाएपछि केही समय अन्यौलता भएकामा आज बिहान हेटौँडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

लामा संसदीय दलको नेता हुन् । बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद छन् ।

प्रदेश सभापति एवं सांसद बानियाँले संविधानको धारा १६८ (२) अनुसार दलको नेताबाहेकको व्यक्तिले पनि मुख्यमन्त्री दाबी गर्न पाउने व्यवस्थाअनुसार पनि मुख्यमन्त्रीका लागि आकाङ्क्षा राखेका थिए ।

कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यता नेकपा एमाले र राप्रपाले समेत विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : ०९ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना