बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा « Khabarhub

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेसँगको तत्कालीन गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दुवैजना मुख्यमन्त्रीले आइतबार राजीनामा दिएका हुन् ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

यसअघि जम्कट्टेलले विश्वासकाे मत लिन प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । तर माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकाे सुझावअनुसार उनले राजीनामा दिएका हुन् ।

उनले प्रदेश सभाबाट आफ्ना कामका रेकर्ड गराउन बैठक माग गरेको बताए । तर अब नयाँ सरकार बनाउन कांग्रेस र एमालेको बहुमत रहेकाले मार्ग प्रशस्तका लागि राजीनामा दिएको जम्कट्टेले बताए ।

गत असार २४ गते २४ नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा थिए । उनी २०७९ पुस २५ गते एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्वमा पुगेका थिए ।

यसअघि उनले २०७९  चैत १० गते मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएका थिए ।

२० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेपछि एमाले सरकारमा गयो । त्यसपछि एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी मिलेर सरकार बनाए ।

उता लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि आइतबार नै पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने तयारी थियो । विश्वासको मत नमिल्ने भएपछि उनले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिए ।

महराकोले राजीनामा दिएपछि कांग्रेस–एमाले सरकार बन्दैछ । अब त्यहाँ एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बन्दैछन् । यसअघि पनि उनी करिब ३ महिना मुख्यमन्त्री भएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : २८ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी