६१ अंकले बढ्यो नेप्से, कारोबार १५ अर्ब बढी  « Khabarhub

६१ अंकले बढ्यो नेप्से, कारोबार १५ अर्ब बढी 


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा उछाल आएको छ । नेप्से एकै दिन ६१.६१ अंकले बढेर कारोबार १५ अर्ब बढीको भएसँगै नेप्सेमा उछाल आएको हो ।

आइतबार नेप्से २.५४ प्रतिशतले बढेर २४८८५.९४ विन्लुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा वाणिज्य बैंक, होटल एण्ठ टुरिजम र ट्रेडिङ समूहमा उछाल आएको छ ।

आज वाणिज्य बैंक समूहको शेयर ३.८६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको शेयर ६.८० प्रतिशतले बढेको छ । होटल एण्ड टुरिजमको शेयर ४.२१ प्रतिशतले बढेको छ ।

त्यस्तै इन्भेष्मेन्ट समूहको शेयर २.६८ प्रतिशतले, उत्पादन समूहको २.९७ प्रतिशत र अन्य समूहको ३.३८ प्रतिशतले शेयर बढेको छ । आज १३ वटा समूहमध्ये सबै समूहको शेयर मूल्यमा वृद्धि भएको छ  ।

आज नेप्से ६१ अंकले बढ्दा १८१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

३१५ वटा कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर कारोबार हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँ शेयर किनबेच भएको छ ।

नेप्सेमा बुल ड्रेन्ड आएसँगै आइतबार ९ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले बढेको छ । ४ वटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

एउटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : २२ बजे

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका