६१ अंकले बढ्यो नेप्से, कारोबार १५ अर्ब बढी  « Khabarhub

६१ अंकले बढ्यो नेप्से, कारोबार १५ अर्ब बढी 


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा उछाल आएको छ । नेप्से एकै दिन ६१.६१ अंकले बढेर कारोबार १५ अर्ब बढीको भएसँगै नेप्सेमा उछाल आएको हो ।

आइतबार नेप्से २.५४ प्रतिशतले बढेर २४८८५.९४ विन्लुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा वाणिज्य बैंक, होटल एण्ठ टुरिजम र ट्रेडिङ समूहमा उछाल आएको छ ।

आज वाणिज्य बैंक समूहको शेयर ३.८६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको शेयर ६.८० प्रतिशतले बढेको छ । होटल एण्ड टुरिजमको शेयर ४.२१ प्रतिशतले बढेको छ ।

त्यस्तै इन्भेष्मेन्ट समूहको शेयर २.६८ प्रतिशतले, उत्पादन समूहको २.९७ प्रतिशत र अन्य समूहको ३.३८ प्रतिशतले शेयर बढेको छ । आज १३ वटा समूहमध्ये सबै समूहको शेयर मूल्यमा वृद्धि भएको छ  ।

आज नेप्से ६१ अंकले बढ्दा १८१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

३१५ वटा कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर कारोबार हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँ शेयर किनबेच भएको छ ।

नेप्सेमा बुल ड्रेन्ड आएसँगै आइतबार ९ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले बढेको छ । ४ वटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

एउटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : २२ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको