देउवाले चुनावी सरकारको नेतृत्व गर्न ओलीलाई ७ महिना ‘बोनस’ « Khabarhub

देउवाले चुनावी सरकारको नेतृत्व गर्न ओलीलाई ७ महिना ‘बोनस’


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले चुनावी सरकारको नेतृत्व गर्ने उद्देश्यले नेकपा एमालेलाई सरकारको नेतृत्वमा ७ महिना ‘बोनस’ दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावी सरकारको नेतृत्व गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको नेतृत्वका लागि ७ महिना ‘बोनस’ दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेको दुई शीर्ष नेताहरुका बीचमा भएको सहमतिमा उक्त तथ्य खुलेको छ ।

सहमतिअनुसार २०८३ असारसम्म (२४ महिना) ओलीले सरकारको नेतृत्व गर्ने छन् भने २०८४ को मंसिरमा हुने निर्वाचन अघिका १७ महिना देउवाको नेतृत्व रहने छ ।

‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मङ्सिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले सकारको नेतृत्व गर्ने,’ दुई नेताबीच भएको ७ बुँदे सहमतिको चौथो बुँदामा भनिएको छ ।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले गत असार १७ गते मध्यरात नयाँ सरकार गठनको प्रयोजनका लागि ७ बुँदे सहमति गरेका थिए । सहमति गरेर नयाँ सरकार गठन भइसक्दा पनि सहमतिपत्र सार्वजनिक नगरिएको भन्दै उनीहरु आलोचना खेप्दै आएका थिए ।

कांग्रेससँग सत्ता सहकार्यका लागि सहमति भइसकेपछि एमालेले तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मुख्य साझेदार एमालेले साथ छोडेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

सरकार अल्पमतमा परेपछि उनले असार २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । तर, संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त भएका थिए ।

उनी पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट असार ३० गते संविधानको धारा ७६ (२) बमोजिम एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त प्रधानमन्त्री ओलीले असार ३१ गते शपथग्रहण गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : ३३ बजे

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री

पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतबारदेखि

काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए

भारी वर्षापछि लुम्बिनीका मुख्य सात सडक अवरुद्ध

बुटवल । लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण लुम्बिनी

पछिल्लो बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

काठमाडौँ, अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

रुस–युक्रेनबीच हवाई आक्रमण तीव्र, सात जनाको मृत्यु

किएभ । रुस र युक्रेनबीच हवाई आक्रमण तीव्र बन्दै जाँदा