जब माधव नेपालले प्रधानमन्त्री ओलीलाई संसद्‍मा देखेनन् « Khabarhub

जब माधव नेपालले प्रधानमन्त्री ओलीलाई संसद्‍मा देखेनन्

ओलीलाई सुझाए- विगतको गल्तीबारे आत्मालोचना गर्नू


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूले बोल्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् बैठकमा नदेखेपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रिसाएका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि डाकिएको प्रतिनिधिसभाको बैठकलाई नेपालले सम्बोधन गरेका हुन्।

सम्बोधनको सुरुमै आफूले प्रधानमन्त्री ओलीलाई संसद्‍मा नदेखेपछि अरुको कुरा सुन्ने धैर्यता देखाउन नेपालले भने । ओलीले विगतका घटनामा आत्मसमीक्षा गर्नुपर्ने बताउँदै नेपालले तिनमा आत्मालोचना गर्नसमेत सुझाए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले ओलीलाई बधाईसमेत दिए ।  ‘ओली अहिले संसद् हलबाट बेपत्ता हुनुभयो । उहाँको उपस्थिति यहाँ आवश्यक थियो । तर उहाँले अरूका बचन सुन्न आवश्यक नठान्नु भएको होला ? मेरा पनि धुनहरू कर्णप्रिय नै होलान्’, उनले भने ।

नेपालले ओलीको विगत सम्झाउँदै २०७८ असार २८ को बर्हिगमन सम्झिन भनेका छन् ।  ‘ओली जी तपाई हुन दिन सत्ताबाट आउट हुनुभएको थियो । त्यही दिन दिन इन हुनु भएको छ । बोलेको कुरा पुरा गर्नुभएन । जनता उत्साहित छैनन् । विगतबारे समीक्षा गर्न सामान्य अनुरोध गर्छु । नेतामा विश्वसनीयता र इमानदारता हुनुपर्छ । अहिलेसम्मको अनुभवबाट तपाईँले कस्तो शिक्षा लिनुभएको छ’, उनले भने ।

नेपालले दुईतिहाइको वाम सरकार ढालेको विषयमा पनि गम्भीर हुन ओ‌लीलाई भने । उनले भने, ‘बहुमतको सरकार किन टिकाउन सक्नु भएन ?’, यसको उत्तर आवश्यक छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : १० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया