लिङ्देन भन्छन्- ओली प्रधानमन्त्री बन्दा खुसी छु, साना दललाई निषेध नगरियोस् « Khabarhub

लिङ्देन भन्छन्- ओली प्रधानमन्त्री बन्दा खुसी छु, साना दललाई निषेध नगरियोस्


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

गणितले होइन चरित्रले देशलाई असर गर्‍यो : राजेन्द्र लिङदेन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणितको कुराले भन्दा दलका चरित्रका कारण देशलाई असर गरेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दै उनले ठूला दलका चरित्रका कारण देश अस्थिरतातर्फ गएको बताए ।

अध्यक्ष लिङ्देनले आफू र आफ्नो दल ओली प्रधानमन्त्री बन्दा सबैभन्दा धेरै खुसी भएको बताए ।

उनले २०७९ को निर्वाचनमा आफ्नो दल र एमाले मिलेर केही स्थानमा चुनाव लडेको स्मरण गराउँदै ओली प्रधानमन्त्री बन्दा आफू खुसी रहेको बताए ।

उनले यसअघि पनि राप्रपाले २ पटक प्रधानमन्त्री ओली रहँदा विश्वासको मत दिएको स्मरण गराउँदै भविष्यमा आवश्यक पर्दा सरकारलाई सहयोग गर्ने बताए ।

कांग्रेस र एमाले मिलेर बनेको यो सत्ता समीकरण अन्तिम रहेको बताउँदै उनले सबै दलबीच नवीन समझदारी हुन जरुरी रहेको बताए ।

संविधानका केही प्रावधान संशोधन गर्न जरुरी रहेको तर, समानूपातिक निर्वाचन प्रणाली र बहुदलीय व्यवस्थालाई परिवर्तन गर्न खोजिए राप्रपा सशक्त प्रतिवादमा उत्रिने उनले बताए ।

यसअघि दुईतिहाइको सरकार हुँदा पनि ५ वर्ष नचलेको उदाहरण दिँदै लिङ्देनले गणितले मात्रै स्थिरता नआउने बताए ।

त्यस्तै, कांग्रेस–एमालेले दुई दलीय व्यवस्था जसका लागि समानुपातिक निर्वाचन प्रणाली संशोधन गर्ने हल्ला रहेको भन्दै लिङ्देनले साना दललाई निषेध गरेर कस्तो देश बनाउने भनेर प्रश्न गरे ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : २१ बजे

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान