काभ्रेपलाञ्चोक अदालतद्वारा तीन सय ८८ वर्ष कैद असुल « Khabarhub

काभ्रेपलाञ्चोक अदालतद्वारा तीन सय ८८ वर्ष कैद असुल


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्ला अदालतले एक वर्षमा विभिन्न मुद्दाका प्रतिवादीबाट तीन सय ८८ वर्ष तीन महिना सात दिन कैद असुल गरेको छ । अदालतले आर्थिक वर्ष २०८०/८१ मा फर्छ्यौट भएका एक हजार नौ सय ३७ मुद्दाबाट उक्त समय कैद असुल गरिएको जनाएको छ ।

अदालतले कैदतर्फ प्रहरीमार्फत ९८ वर्ष पाँच महिना नौ दिन, अदालतमा भएका फैसलाबाट दुई सय ४६ वर्ष दुई महिना १२ दिन, अन्य निकायमार्फत ४३ वर्ष सात महिना १६ दिन गरी उक्त तीन सय ८८ वर्ष तीन महिना सात दिन कैद असुल गरेको अदालतका स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए ।

उनका अनुसार अदालतले विभिन्न अदालतबाट भएको फैसला कार्यान्वयनका क्रममा एक हजार सात सय ९० वर्ष तीन महिना दुई दिन कैद असुल गर्न बाँकी रहेको छ । एक वर्षमा कैद असुल गरिएका प्रतिवादी तथा अन्य विभिन्न मुद्दासमेत गरी डोरबाट ५७ लाख ८४ हजार पाँच सय रुपैयाँ, प्रहरीमार्फत ४४ लाख २६ हजार नौ सय रुपैयाँ तथा विभिन्न तरिकाबाट नौ लाख ६३ हजार दुई सय रुपैयाँ राजस्व असुल गरिएको हो ।

यस्तै, अदालतले बितेका आवमा लक्ष्यको ९६ दशमलव ६६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । उक्त आवमा दुई हजार चार मुद्दा फर्छ्यौटको लक्ष्य राखिएकामा अदालतबाट एक हजार नौ सय ३७ अर्थात् ९६ दशमलव ६६ प्रतिशत मुद्दा फर्छ्यौट भएका जनाइयो । लगततर्फ एक हजार दुई सय २८ पुरानो जिम्मेवारी सरेर आएका मुद्दा थिए भने दुई हजार ६७ नयाँ मुद्दा दर्ता भएका थिए ।

नयाँ–पुरानो गरी जम्मा तीन हजार दुई सय ९५ मुद्दा रहेकामा एक हजार नौ सय ३७ फर्छ्यौट भएर एक हजार तीन सय ५८ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको राईले जानकारी दिए ।

राईका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा रहेको थियो । अदालतले मुद्दाको प्रकृति हेरेर तीन वर्गमा मुद्दाको बाँडफाँट गर्दै सुनुवाइ गर्ने गरेको छ । त्यसमा सरल मार्ग, सामान्य मार्ग र विशेष मार्गअन्तर्गत रही मुद्दा तामेल गर्ने गरिएको बताइन्छ ।

अदालतको तथ्याङ्कअनुसार सबैभन्दा बढी न्यायाधीश राजेन्द्र नेपालले सात सय ३६ मुद्दा फर्छ्यौट गरेका छन् भने न्यायाधीश विश्वनाथ भट्टराईले छ सय तीन, न्यायाधीश शिवकुमार पोखरेलले चार सय नौ, न्यायाधीश मोहनराज भट्टराईले ६६ र न्यायाधीश रिताकुमारी बख्रेलले एक सय २३ मुद्दा फर्छ्यौट गरेकी थिइन्।

मुद्दा फर्छ्यौटको अवधिगत वर्गीकरणअन्तर्गत छ महिनाभित्रका पाँच सय ४३, छदेखि १२ महिनाभित्रका पाँच सय ८७, १२ देखि १८ महिनाभित्रका चार सय ६८, दुई वर्ष नाघेका दुई सय नौ गरी कूल एक हजार नौ सय ३७ मुद्दा फर्छ्यौट भएको थियो ।

यसैबीच, जिल्ला अदालतले पेसी र तारेख व्यवस्थापनमा स्वचालित प्रणाली लागू गर्ने भएको छ । सर्वोच्च अदालत र उच्च अदालतमा लागू भइसकेको उक्त प्रणाली अदालतमा पनि यही साउनदेखि लागू गरिने तथा भदौ महिनादेखि पूर्णरुपमा कार्यान्वयनमा लगिने न्यायाधीश भट्टराईले बताए । उनका अनुसार उक्त प्रणालीमा मानवीय हस्तक्षेपरहित हुने भएकाले न्याय सम्पादनमा सहज हुने अपेक्षा गरिएको छ । यसअघि गोला प्रथाद्वारा पेसी/तारेख तोक्ने गरिन्थ्यो ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : ०५ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक