ओलीलाई शुभकामना दिँदै माधव नेपालले सम्झाए संसद् विघटन « Khabarhub

ओलीलाई शुभकामना दिँदै माधव नेपालले सम्झाए संसद् विघटन


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिँदै यस अघि संसद् विघटन गरेको विषय स्मरण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि बोल्दै पूर्व प्रधानमन्त्री नेपालले विगतमा गरेको संसद् विघटनको सम्झाएका छन् ।

उनले प्रधानमन्त्री ओलीलाई आफ्नो पुनर्मूल्यांकन गर्न आग्रह गरेका छन् । विगतमा करिब दुई तिहाइको सरकार किन ढलेको भन्ने प्रश्न गर्दै नेपालले कांग्रेसका केही नेताहरू एमालेसँग मिलेकोमा खुसी भए पनि दोस्रो तेस्रो तहका नेता र साधारण कार्यकर्ता खुसी नभएको बताए ।

नेता नेपालले राजनीतिक स्थिरताका नाममा अर्को जंगबहादुर नखोजिएको बताउँदै शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने डर भएको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : १५ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव